काठमाडौं-नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अल्पायुमा नै निधन भएपनि प्रकाश दाहालको योगदान अतुलनीय र अभुतपूर्व रहेको बताएका छन्।
३८औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवं पिता दाहालले प्रकाशको योगदानलाई स्मरण गरेका हुन्।
उनले ३६ वर्षको छोटो उमेरमा नै आकस्मिक निधनले हुँदा परिवार, पार्टी र सिंगो देश नै स्तब्ध भएपनि छोटो समयअवधिमा पनि प्रकाश दाहालले दिएको योगदान अभूतपुर्व रहेको टिप्पणी गरे।
‘युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तितामिठा अनुभवहरु बटुलेका थिए,’ उनले भने।
कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सगरमाथासंग जोडिएका कथाव्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुको साथै पर्वतारोहणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका पात्रहरुलाई सम्मान गर्नका लागि ३८औँ जन्मजयन्तीको कार्यक्रम गरिएको बताए।
उनले श्रीमान् प्रकाश दाहालको राजनीतिक योगदान र शाहसिक चरित्रको पनि स्मरण गरेका छन्।
कार्यक्रममा सगरमाथा आरोहणसंग सम्बन्धीत व्यक्तित्वहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो।
आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस