काठमाडौं-सर्वोच्च अदालतले स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन रोक्न भनेर निवेदकले गरेको माग बमोजिम अन्तरिम आदेश दिएन ।
सर्वोच्चको अन्तरिम आदेश नदिने निर्णयसँगै ९ हजार १ सय ६१ पदका लागि प्रकाशित विज्ञापनअनुसार परीक्षा सञ्चालनको तयारी गर्न लोक सेवा आयोगलाई बाटो खुलेको छ ।
आयोगद्वारा प्रकाशित विज्ञापनमा दोब्बर दस्तुर तिरी आवेदन दिने अन्तिम म्याद भोलि मंगलवारसम्म छ ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यस्तो निर्णय सुनाएको हो ।
अधिवक्ता विकास ठाकुरले आयोगको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तबमोजिम नभएको भन्दै विज्ञापन रोक्ने अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।
यही विज्ञापनका सम्बन्धमा परेका अन्य ४ वटा रिटलाई पनि एक साथ राखेर सुनुवाइ गरिएको थियो ।
तीमध्ये एक रिटमा संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई विपक्षी बनाइएको थियो ।
समितिले उक्त विज्ञापन रद्द गर्न सरकार र लोक सेवा आयोगलाई आदेश दिएको थियो ।
अधिवक्ता राजाराम घिमिरेद्वारा दायर रिटमा राज्य व्यवस्था समितिको निर्देशन गैरकानूनी रहेको जिकिर गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस