काठमाडौं-त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवाद सर्वोच्च अदालतबाट नटुंगिँदै हेटौंडामा नक्सा पास नगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) को भवन बनाउन थालिएको छ । विवादका कारण अवरुद्ध भवन निर्माण कार्यका लागि शनिबार प्रहरी परिचालन गरी पुनः सुरु गरिएको हो ।
त्रिविसँगको जग्गा विवादकै बीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले करिब १० करोड लागतको पाँचतले भवन असार ९ गते शिलान्यास गरेका थिए ।
शिलान्यासपछि पनि त्रिविअन्तर्गत वनविज्ञान अध्ययन संस्थान हेटौंडाका शिक्षक तथा कर्मचारीले अवरोध गरेकाले काम अगाडि बढ्न सकेको थिएन । शनिबार बिहान त्रिविका प्राध्यापक कर्मचारीले अवरोध गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्रिवितर्फका क्याम्पस प्रमुख विजयकुमार यादवको नेतृत्वमा करिब २२ जनाको टोली निर्माणस्थल पुगेको थियो । प्रहरीले क्याम्पस प्रमुख यादवलाई करिब ५ घण्टा नियन्त्रणमा लिएर पुनः अवरोध नगर्ने सर्तमा छाडेको छ ।
‘हामीले जग्गा विवाद नसुल्झिँदासम्म कुनै पनि भौतिक संरचना नबनाउन आग्रह गरेका हौं । अवरोध गरेका थिएनौं । प्रहरीले हामीलाई नियन्त्रणमा लिएर काम अगाडि बढाएको छ,’ यादवले भने, ‘हेटौंडा–१० स्थित क्याम्पस परिसरमा भवन निर्माण गर्न करिब २ सय रूख काटिएको छ । त्यसको पनि कुनै लेखाजोखा छैन । हामीले यस विषयमा डिभिजन वन कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई जानकारी गराउँदासमेत बेवास्ता गरिएको छ ।’
उक्त स्थानमा नयाँ भवन निर्माणका लागि रूख काटिएपछि त्रिवि पक्षले वृक्षरोपण सिन गरेको थियो । ‘अहिले हामी पानी चुहिने कोठामा पढाउने र कार्यालय सञ्चालन गर्ने गरिरहेका छौं । सम्पत्ति वितरणको विवाद सुल्झिएपछि भवनको प्रयोग जसले गरे पनि केही फरक पर्दैन । तर, नयाँ भवन बनाऔं भन्ने हाम्रो भनाइ हो । काममा अवरोध भएसँगै हामीले प्रशासनको मद्दतले लिएर काम अगाडि बढाएका हौं,’ एएफयूका डिन बलराम भट्टले भने । उनले काम रोकिँदा निर्माण कम्पनीले प्रतिदिन मेसिन र कामदारबापतको ८५ हजारदेखि एक लाख रुपैयाँसम्मको क्षतिपूर्ति माग्ने दाबी गरे ।यो समाचार आजको कान्तिपुर दैनिकले पहिलो पेजमा छापेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस