काठमाडौं-एसइइ परीक्षामा बुटवलकी निकिता खनालले सबै विषयमा ए प्लस प्राप्त गरेकी छन् ।
बुटवल शंकरनगरको सिद्धार्थ इंलिस बोर्डिङ स्कूलबाट परीक्षा दिएकी उनले सबै विषयमा ए प्लस ल्याएर ४ जीपीए प्राप्त गरेकी हुन् ।
उनको सिम्बोल नम्बर ०४८३४४४ रहेको छ|
कक्षा १ सम्म स्कलर्स होम बोर्डिङ स्कूलमा पढेकी उनले २ कक्षा देखि सिद्धार्थमा पढेकी हुन् । कक्षा १ देखि नै प्रथम र द्धितीय हुँदै आएकी थिइन् ।
उनले डाक्टर बन्ने लक्ष्य रहेको सुनाइन् । अब काठमाडौं गएर पढ्ने उनले बताइन् ।
घोकेर भन्दा बुझेर पढ्ने गरेको भन्दै उनले भनिन्– ‘म रातभर कहिल्यै पढिन् थोरै पढेँ तर, बुझेर पढँे ।’
‘ल्याउन त ४ जीपीए ल्याउछु भनेर पढेको थिए । शुरुमा नतिजा सुन्दा विश्वास लागेन पछि खुसी लाग्यो । मिहिनेत गरे सकिने रहेछ ।’ उनले भनिन्– ‘शुरुमा ठूलो बुवाले नतिजा सुनाउनुभयो । पछि बुवाले फोन गरेर बधाइ दिनुभयो ।’
बुवा मनिराम खनाल बन विभाग अन्तर्गत प्युठानमा अधिकृत छन् । आमा तुलसा खनाल गृहणी हुन् ।
सिद्धार्थ इंलिस बोर्डिङ स्कूलका प्रिन्सिपल यमबहादुर राना निकिताको नतिजाले विद्यालय परिवारमै हर्षित बनाएको बताए ।
‘निकिता आफै ४ जीपीए ल्याउनेमा ढुक्क देखिन्थिन् । हामीलाई पनि आशा थियो ।’ प्रिन्सिपल रानाले भने– ‘कुल ४ जिपिए मा ४ नै हासिल गरेकाले टप भएकोमा दाबी त रहने नै भयो ।’ यस विषयमा आफूहरुले थप बुझिरहेको उनको भनाइ थियो ।
सिद्धार्थ स्कूलबाट यसवर्ष १३६ जनाले एसइइ परीक्षा दिएका थिए ।
जसमा २१ जनाले ३.६ देखि ४.० जीपीए, ५२ जनाले ३.२ देखि ३.६ जीपीए, ४५ जनाले २.८ देखि ३.२ जीपीए र ८ जनाले २.४ देखि २.८ जीपीए ल्याएका प्रिन्सिपल रानाले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस