पाँचथर-पाँचथर जिल्ला अदालतले १५ वर्षीया किशोरीको हत्यामा सम्लग्नहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ४ पञ्चमीकी १५ वर्षीया किशोरी शितल योङहाङको हत्यामा सम्लग्नहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
गत बैशाक २९ गते योङहाङको घाँटी रेटेर हत्या गर्ने कार्यमा सम्लग्न रहेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नं. २ का पदम गोले तामाङ, भगीरथ बाँस्तोला र कर्ण तामाङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको पाँचथर जिल्ला अदालतले जनाएको छ ।
प्रत्यक्ष सम्लग्न नभएपनि पदम र भगीरथलाई पदमकै काका कर्ण तामाङले हत्यामा सहयोग पु¥याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत आइतबारदेखि जिल्ला अदालतमा चलेको बयान सकिएसँगै अदालतले विहीवार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पाँचथर प्रहरीका अनुशार उनीहरुलाई विहीवार नै पाँचथर कारागार चलान गरिएको छ ।
हिलिहाङ गाँउपालिका वडा नं. ४ स्थित सिद्ध माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत योङहाङको उनका पूर्व प्रेमी पदम तामाङले बाँस्तोलाको सहयोगमा घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानको निश्कर्ष छ । तामाङसँग मोवाइल सेट र सीमकार्ड साटेकी योङहाङलाई उक्त सामग्री फिर्ता गर्न एकान्तमा बोलाई उनीहरुले हत्या गरेका थिए । आफूबाट टाढिएर अर्कै केटासँग कुरा गर्न थालेको आशंकामा तामाङले शितलको हत्या गरेको स्वीकार गरेको पाँचथर प्रहरीको भनाई छ ।
हत्यामा सम्लग्न बाँस्तोला बैशाक ३० गते फिदिमबाट पक्राउ परेका थिए । हत्यामा सहयोग पु¥याउने कर्ण घटना भएको नौ दिन पछि फिदिमबाटै पक्राउ परेका थिए ।
कर्णले हत्यामा सम्लग्न भएका दुई जनालाई गाडी भाडा दिएर सहयोग गरेको प्रहरीले अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ । हत्याका मुख्य योजनाकार पदम भने २१ दिनसम्म फरार रहेका थिए । उनलाई प्रहरीले जेठ १८ गते झापाको दमकबाट पक्राउ गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस