काठमाडौं-नेपाली कांग्रेसको तेश्रो धारले आफ्नो समूहको भूमिका थप बढेको जनाउँदै बेग्लै कार्यक्रममा आयोजना गर्ने भएको छ। पार्टी भित्र वैचारिक समूहका रुपमा परिचित गराउन प्रयासरत तेश्रो धारले आफु नजिकका नेता तथा कार्यकर्तालाई एकै थलोमा उत्रार्न लागेको छ।
जीपी कोइराला अध्ययन केन्द्रले सोमबार गर्ने विचार गोष्ठीमा तेश्रो धारका नेताहरुलाई मात्रै सम्वोधनका लागि निमन्त्रणा गरिएको छ। गत वर्षहरुमा सबै दलका नेताहरु बोलाएर विचारको मन्थन गर्दै आएको अध्ययन केन्द्रले यसपटक तेश्रो धारका नेताहरुलाई मात्रै निम्त्याएको हो ।
‘देशको राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भुमिका’ विचार गोष्ठीमा तेश्रो धारको मियो तथा केन्द्रिय सदस्य कृष्ण प्रसाद सिटौला प्रमुख अतिथि छन्।
सिटौला समूहका नेताहरुलाई मात्रै वक्ताका रुपमा बोलाइएको उक्त विचार गोष्ठिमा सिटौलाका दुई सारथी केन्द्रीय सदस्यद्धय गगन थापा र प्रदीप पौडेल सम्वोधन गर्नेछन्। सिटौला नजिकका केन्द्रीय सदस्य उमाकान्त चौधरी र शिव प्रसाद हुमागाई पनि कार्यक्रममा बक्ता छनोट गरिएको छ।
छ वर्ष अघि देखि वार्षिक कार्यक्रम गर्दै आएको अध्ययन केन्द्रको अध्यक्षमा सिटौला निकटका विद्यार्थी नेता रामप्रसाद अधिकारी छन् भने महासचिवमा निरञ्जन थापा रहेका छन्। संस्थाका अध्यक्ष अधिकारीले अन्य दलका नेतालाई बोलाएर पुनः अर्को कार्यक्रम गर्ने जानकारी दिदै सोमबारको कार्यक्रम तेश्रो धार विषेश भएको बताए।
संख्यात्मक रुपमा पार्टीका संगठनहरुमा कमजोर रहेको उक्त समूहले बैचारिक रुपमा अन्य समूह भन्दा अघि रहेको दाबी गर्दै आएको छ। ‘सिटौला समूहका नेता कार्यकर्तालाई जागरुक बनाउन र समसामयिक विषयमा जानकारी गराउन कार्यक्रम राखिएको अधिकारीले बताए।
सोमबारको कार्यक्रमपछि उक्त समूहले देशव्यापी आफुपक्षिय कार्यकर्तालाई सक्रिय बनाउने जनाएको छ। युवा नेता प्रदीप पौडेलले सोमबारको विचार गोष्ठीबाट तेश्रो धारले पार्टी र सरकारका बारेमा पछिल्लो धारणा वाहिर ल्याउने बताए।
शान्ती प्रक्रियामा गिरीजा प्रसाद कोइरालासँग सिटौला सबैभन्दा नजिकका विश्वासपात्र थिए। अर्को तर्फ गणतन्त्रको नारा सडकमा लगाउने कार्यको अगुवाई केन्द्रीय सदस्य थापा र पौडेलले गरेका थिए। साथै, प्राध्यापक संघको अध्यक्ष रहेर भिमसेनदास प्रधानले तत्कालिन सभापति कोइरालालाई सहयोग पु¥याएका थिए। कोइरालाका अधुरा कार्य सम्पन्न गर्नसक्ने नेताहरु सहभागी हुने कार्यक्रमलाई एक पक्षीय नेताहरु मात्रै भएको उल्लेख गर्न नमिल्ने विद्यार्थी नेता कुन्दनराज काफ्लेको राय छ।
विचार गोष्ठी राष्ट्रिय नाचघर जमलमा सोमबार हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस