काठमाडौं-सरकारले किताबमा लगाएको भन्सार महसुसप्रति नेपाली कांग्रेसका सांसद गगन थापाले विरोध जनाएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै थापाले बरु नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो, त्यसको कोटा तोक्न सरकारलाई व्यंग्य गरेका छन्।
थापाले नयाँ बजेटले व्यवस्था गरेको किताब आयातमा १० प्रतिशत भन्सार महसुलले स्वेदशी मुद्रण उद्योगलाई फाइदा पुग्ने तर्कमा कुनै दम नभएको दाबी गरे। ‘नेपाली प्रकाशकले अन्य मुलुकबाट छापेर ल्याउने किताबमा यसअघि नै लाउँदै आएको १५ प्रतिशत भन्सारले कुनै बदलाव ल्याएन’, उनले कारण दर्साए।
उनले घरेलु मुद्रण व्यवसायको हित सरकारले चाहेको हो भने अनेकन उपाय रहेको बताए।
‘किताब आयातको अंकले भन्छ– राजस्व संकलनमा यसले टेवा पुर्याउनेमा त झनै दम छैन’, थापाले भने, ‘त्यसैले यो कामको एउटै उद्देश्य देखिन्छ, किताबलाई महंगो बनाउँदै किताबमा नियन्त्रण गर्नु। कालान्तरमा ज्ञानमा नियन्त्रण गर्नु।’
उनले तर विदेशबाट आउने नेपालीले भन्सार नतिर्नेगरी धेरै किताब लिएर आउने गरे भने सरकारको चाहना पूरा नहुन सक्छ भन्दै व्यग्य गरे।
‘अत सरकारलाई सुझाब दिन चाहन्छु। विदेशबाट आउने नेपालीले एक पटकमा कतिवटा पुस्तक ल्याउन पाउने कोटा तोकिदिनुस्। त्यसको अनुगमन गर्न विमानस्थल लगायतका ठाउँमा सुरक्षा जाँच कडा गर्नुस्। किताब बढी ल्याउनेलाई दण्ड जरिवाना गर्नुस्’, उनले भने, ‘त्यसमा पनि किताब नपढी नेपालीले नछाड्ने भए भने सरकारले नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो, त्यसकै कोटा तोकिदिनुस्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस