काठमाडौं-सरकारले गुठी विधेयक फिर्ताको घोषणा गरे पनि त्यसको खारेजीको माग गर्दै उपत्यकामा जारी विरोधको कार्यक्रम रोकिएको छैन । यो समाचार आजको राजधानी दैनिकले छापेको छ |
सरकारले संसद्बाट विधेयक फिर्ताको प्रक्रिया सुरु गरिसकेको जनाएको छ । तर पनि विरोधका कार्यक्रम भने रोकिएका छैनन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले विधेयक फिर्ताको प्रक्रिया अघि बढेको बताएकी छन् ।
मन्त्री अर्यालले विधेयकका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी विधेयक फिर्ताको प्रक्रिया अगााडि बढाइएको जानकारी दिइन् ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले गुठी विधेयकको फिर्तासम्बन्धीे प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको पुष्टि गरेका छन् । सरकारले सो विधेयक राष्ट्रिय सभामा दर्ता गराएको थियो ।
चौतर्फी विरोध र दबाबपछि सरकारले सो विधेयक फिर्ता लिने घोषणा गरेको थियो । प्रवक्ता जोशीले भने, ‘मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव शुक्रबार राष्ट्रिय सभामा दर्ता गराइसकेको छ । बाँकी काम संसदीय प्रक्रियामार्फत अगाडि बढ्नेछ ।’ तर, सरोकारवालाले फिर्ता प्रक्रिया अगाडि बढाए पनि यसलाई विश्वास गर्ने आधार नदेखिएकाले खबरदारीका लागि शान्तिपूर्ण विरोधका कार्यक्रम जारी राखेको बताए ।
विधेयकविरुद्ध उपत्यकामा एकीकृत रूपमा आन्दोलनका कार्यक्रम अगाडि बढाइरहेको राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिले जनाएको छ ।
विरोध कार्यक्रमअन्तर्गत शनिबार समिति अगुवाइमा ‘भोलिको उज्यालो भविष्यको निम्ति अँध्यारो बनाऔं’ भन्ने नारासाथ ‘एकताको शक्ति, निभाऔं शनिबार साँझ बत्ती’ नामको खबरदारी अभियान सम्पन्न गरेको छ ।
सरकारमाथि संकट उत्पन्न भएको संकेत स्वरूप साँझ साढे सात बजेदेखि १५ मिनेटसम्म उपत्यकाभर घरघरमा बत्ती निभाएर ‘ब्ल्याकआउट’ गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस