काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदलाई ढाँटेका छन्।
गत साताको मन्त्री परिषदको बैठक निर्णय सार्वजनिक गर्ने क्रममा गुठी व्यवस्थालाई सामान्तावादसँग जोडेका मन्त्री बाँस्कोटाले आफुले त्यसो नभनेको दाबी गरेका छन्। मन्त्री बाँस्कोटाको उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएपछि उनले सदनमा आफ्नो बचाउ गरेका हुन्।
गुठीयारहरुले बाँस्कोटाको अभिव्यक्तिको विरोध गर्दै राजीनामा माग गरेपछि मन्त्री बाँस्कोटाले शुक्रबारको संसद बैठकमा त्यस्तो नबोलेको दाबी गरेका हुन्। तथ्य भन्दा बाहिर गएर आफु माथि झुठो आरोप लागेको बताए। गत साता उनले भनेका थिए,‘हामीले सामान्तवादलाई अन्त्य गर्ने कि नगर्ने?’ शुक्रबार उनले आफ्नो उक्त बोलीलाई ढाकछोप गर्दै उनको अभिव्यक्ति प्रति आपत्ति गर्ने तिर खनिए।
‘सामान्तवाद’ शब्द बोल्दै नबोलेको दाबी गरेका बाँस्कोटाले पुष्टि गर्न सांसदहरुलाई चुनौति दिदै भने,‘आरोप लगाइरहन पाइन्छ। पुष्टि गर्नु मुख्य कुरा हो।’गत साता उनले भनेका थिए,‘सामान्तवादलाई अन्त्य गर्ने कुरा गुठी,,बेखारी,हलिया प्रथा,कमलरी प्रथा,यी अनेक प्रथाहरु जसले सामान्तवादको प्रतिनिधित्व गर्थे। र, आर्थिक र सामाजी प्रतिनिधित्व गर्थे।’
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले गुठीका प्रर्दशनकारीलाई सामान्तवादी भनेको बारे मन्त्री बाँस्कोटाको जवाफ मागेकी थिइन्। बाँस्कोटाले संग्रौलालाई जवाफ दिदैं भने,‘सामान्वादका अवशेष समाजमा होलान्।तर, भन्दै नभनेको कुरालाई भन्यो भनेर ह्युमर क्रियट गरेर त्यसबाट पानी धमिल्याएर माछा मार्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला।’ सामान्तवाद भनेको कहि पुष्टि भयो भने त्यसै बेला सवालजवाफ गर्ने बताए।
उनले भने,‘तिललाई पहाड बनाउने। नचलेको हावालाई चलाउने,त्यसबाट केहि न केहि राजनीतिक लाभ हुन्छ भन्ने भ्रम छ। आफुले आँखा चिम्लेर संसारले आँखा चिम्लेको सोच्नु हुँदैन। आफुले चिम्लेको आँखाले आफुले मात्रै अँध्यारो देखिन्छ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस