काठमाडौं-मन्त्रीपरिषदको निर्णयविना सरकारले संसदमा विचाराधिन विधेयक फिर्ता लिनु संसदीय मान्यता र परम्परा प्रतिकुल हुने भए पनि भूमिसुधार तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले त्यो मान्यता र परम्परालाई तोडेकी छिन्।
व्यापक विरोधपछि मंगलबार मन्त्री अर्यालले राष्ट्रिय सभामा विचाराधिन गुठी विधेयक फिर्ता लिएको निर्णय सुनाउदासम्म मन्त्रीपरिषद् बैठकले त्यसलाई फिर्ता लिने निर्णय गरेको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त विधेयक मन्त्री अर्यालले फिर्ता लिएको जानकारी सञ्चारमाध्यमबाट थाहा पाउन पुगेको बताएका थिए।
मन्त्री अर्यालले मंगलबार अपरान्ह चार बजे आकस्मिक पत्रकार सम्मेलनमार्फत सुनाएको विधेयक फिर्ता गरेको निर्णय प्रधानमन्त्री ओलीले त्यसको एक घण्टापछि आयोजित पत्रकार सम्मेलनमा आफुले भर्खरै थाहा पाएको बताएका थिए ।
मन्त्री अर्यालको उक्त कदम संसदीय मान्यता र परम्परा विपरित रहेको त्यसका विज्ञहरुले बताएका छन्
संसदका पूर्व महासचिव सूर्य किरण गुरुङले भने,‘मन्त्रीपरिषद्ले पारित गरी संसदमा विचाराधिन रहेको विधेयक मन्त्रीपरिषद्को निर्णयबाट मात्रै फिर्ता हुनसक्छ।’
त्यस्तै संसदमा पहिला प्रतिपक्ष कि प्रधानमन्त्री बोल्न पाउने भनी उत्पन्न विवादमा प्रतिक्रिया दिदै गुरुङले भने,‘ यो विषयालाई २०४८ सालमानै त्यसबेलाका प्रतिनिधिसभाका सभामुख दमनाथ ढुंगानाले टुंगो लगाइसक्नु भएको छ।’
गुरुङले भने ,‘ ढंगानाले सत्ता सरकारको र सदन प्रतिपक्षीको भनी गरेको निर्णयले के स्पष्ट पार्छ भने सदनमा प्रतिपक्षीलाई विशेष परिस्थितिमा बोल्ने पहिलो अधिकार हुन्छ।
यसअघि मंगलबारकै प्रतिनिधिसभाको बैठकमा युरोप भ्रमण, गुठी विधेयक लगायत जनसरोकारका विषयमा प्रधानमन्त्री ओलीले संवोधन गर्न लागेका बेला प्रमुख प्रतिपक्षी नेपालीले कांग्रेसले आफुले पहिले बोल्नु पर्ने र त्यसको जवाफ प्रधानमन्त्री दिनु पर्ने माग गर्दै रोष्टम् घेराउ गरेपछि ओली बोल्नबाट बञ्चित भएका थिए
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस