काठमाडौं-नेपालमा मानव तस्करको बिग्बीगी रहेको आजको नया पत्रिका दैनिक र अन्नपूर्ण पोस्ट दैनिकले छापेको समाचारबाट प्रस्ट देखिएको छ | अन्नपूर्ण पोस्टले धन्न जोगियो मिर्गौला शिर्षकमा लमजुङका एक युवकको पीडालाई समाचार बनाइएको छ |
समाचारमा दलाललाई विश्वास गरेर भारतको दिल्ली पुगेका उनले २२ हजार ५९ अमेरिकी डलर गुमाएको जनाइएको छ भने दलालको विश्वासमा पर्दा उनलाई पुर्याउन गएका बा र मामाको झन्डै मिर्गाैला गुमेको थियो।
समाचार अनुसार दिल्लीमा ती युवकको भेट नुवाकोटका योगेश सापकोटासँग हुन्छ। उनलाई सापकोटाले दिल्लीस्थित एक होटलमा पुर्याउँछन्।
त्यस्तै नया पत्रिका दैनिकले अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएको पीडालाई समाचार बनाएको छ |
पीडित ती युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन १७ महिना जेलसमेत बिताउनु परेको जनाइएको छ । मानव तस्करलको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै १७ महिना जेल परेका हुन् ।
उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस