काठमाडौं-काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ ।
सुन्दा अचम्म लाग्छ, यति छोटो दूरीमा रहेको राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्म पत्र पुग्न पाँच दिन लागेको छ । राष्ट्रपति कार्यालयले संसद् सचिवालयमा पठाएको पत्र पाँच दिनपछि मात्र प्राप्त भएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।यो समाचार आजको राजधानी दैनिकले छापेको छ |
राष्ट्रपति कार्यालयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी तोकिएको पत्र महाराजगन्जबाट संसद् सचिवालयमा पुग्न पाँच दिन लागेको हो ।
उनै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुनका लागि राष्ट्रपति कार्यालयबाट एकै दिनमा पत्र सिंहदरबार पुगी सोही दिन शपथको कार्यक्रमसमेत तय भएको थियो । यस्तै संसद् अधिवेशन आह्वानका लागि प्रधानमन्त्री कार्यालयले गरेको पत्रसमेत एकै दिनमा राष्ट्रपति कार्यालय पुगी सोही दिन अधिवेशन आह्वानको पत्र संसद् सचिवालयमा पुगेको घटना पनि ताजै छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस