कास्की-खानेपानी मन्त्री बिना मगरले पोखरामा देशकै दोश्रो ठूलो खानेपानी सुधार आयोजनाको शिलन्यास गरेकी छिन् । मन्त्री मगरले नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार आयोजनाको शिलन्याश गरेकी हुन् ।
खानेपानी क्षेत्रमा देशमा सञ्चालित मेलम्ची पछिको दोस्रो ठूलो आयोजनाको रुपमा लिइएको खानेपानी संस्थानअन्तर्गत सञ्चालन हुने सो आयोजनाअन्तर्गत पोखराबाट १२ किमीको दूरीमा रहेको मर्दी मुहानबाट ल्याइएको पानी प्रशोधन गरी शुद्धीकरण गरेर पिउन योग्य बनाउने लक्ष्य राखिएको छ ।
यसका लागि प्रशोधन केन्द्र निर्माण तथा दुई हजार घनमिटर क्षमताका तीन वटा ट्याङकी निर्माण गरी नगरका विभिन्न क्षेत्रमा पाइप लाइनमार्फत विस्तार गर्ने योजना रहेको छ ।
शिलन्याश कार्यक्रममा मन्त्री मगरले खानेपानी जनताको मौलिक अधिकारको रुपमा संविधानमा व्यवस्था भएबमोजिम देशका सबै जनतालाई प्रशोधित शुद्ध पिउने पानीको प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । दूषित पानीको कारणबाट नै मानिसमा विभिन्न प्रकारका रोगहरु लाग्ने गरेको र शुद्ध खानेपानीको प्रबन्ध गर्न सके रोगबाट समेत बचाउन सकिने र मृत्युदर पनि घट्ने मन्त्री मगरको भनाइ छ ।
मन्त्री मगरले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच खानेपानी तथा सरसफाइको क्षेत्रमा समन्वय गरी कुन स्तरको आयोजना कसले सञ्चालन गर्ने भन्ने बारेमा समेत आयोजनाको वर्गीकरण गरिने बताइन् ।
जापान सरकारको चार अर्ब ८१ करोड ३० लाख रुपैया अनुदान सहयोगमा सन् २०१७ को फेब्रुअरी १५ मा सो आयोजनाको सम्झौता भएको थियो । सन् २०२२ को अन्त्यसम्ममा निर्माण गरिसक्ने गरी खानेपानी सुधार आयोजना अघि बढाइको हो । हाल अप्रशोधित पानी वितरण हुँदै आएकोमा आयोजना निर्माण सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा २४ सै घण्टा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी वितरण हुने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस