काठमाडौं-कांग्रेसका स्थानीय तहका कार्यकर्ताले पार्टी कमजोर हुँदै गएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन्। जिल्लामा खटिएका केन्द्रीय नेतासमक्ष कार्यकर्ताले संगठन लथालिंग बनाएको र प्रतिपक्षीको भूमिका बलियो बनाउन नसकेको जस्ता प्रश्न राखेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्टले लेखेको छ |
पहिलो चरणको जागरण अभियान प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो। केन्द्रीय प्रतिनिधिले आफ्ना जिल्लामा एक महिना बसेर त्यहाँको अभियान संयोजन गरेका थिए।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थानीय तहबाट सभापति पार्टी नेतृत्वको भूमिकाप्रति विभिन्न प्रश्न आएको बताए। उनले भने, ‘कार्यकर्ताले केन्द्रको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको पाइयो।’
नेता केसीका अनुसार ढेड वर्षअघिको निर्वाचनमा नराम्ररी हारेको कांग्रेस अझै सभापतिको घेराबन्दीबाट बाहिर निस्कन नसकेको गुनासो कार्यकर्ताबाट आएको बताए। उनले भने, ‘सभापति देउवाले निर्वाचनमा दुई कम्युनिस्ट पार्टी मिलेका कारण हारेको भन्दै आफूलाई बचाउ गरेका छन्। तर यसमा कार्यकर्ता सहमत छैनन्।’
जागरण अभियानका क्रममा कञ्चनपुर गएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको केन्द्रप्रति तल्लो तहमा व्यापक गुनासा र आशंका रहेको बताए। ‘पार्टीको संगठनदेखि निर्वाचन परिणाम र अहिले प्रतिपक्षीको भूमिकामाथि नेताकार्यकर्ता सन्तुष्ट छैनन्’, घिमिरेले भने, ‘कांग्रेस कतै अझै कमजोर त बन्दै जाने होइन भन्ने त्रास स्थानीय नेताकार्यकर्तामा देखियो।’
पार्टीको वैधानिक संगठन कमजोर हुँदा केन्द्रदेखि स्थानीय तहसम्म नेकपाको दबदबा रहेको घिमिरेले बताए। उनका अनुसार तल्ला तहका कार्यकर्तामा नेता बलियो हुने र कांग्रेस झन् कमजोर हुँदै जाने शंका छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस