काठमाडौं-देशभर गुठी एवं संस्थाको जग्गा अतिक्रमण बढेको अन्नपूर्ण पोस्टले समाचार छापेको छ |
गुठी संस्थानका ७० जिल्लामा जग्गा छन्। अधिकांश जिल्लाको गुठी अतिक्रमणमा परेको छ। तर कति अतिक्रमण भयो भन्ने तथ्यांक गुठी संस्थानसँग पनि छैन। संस्थानका प्रवक्ता सरोज थपलिया गुठीको जग्गाको यथार्थ विवरण नभएको स्वीकार गर्छन्। ‘जग्गाको विवरण त छैन अतिक्रमणको तथ्यांक कहाँ हुनु’, उनले भने, ‘तर जताततै गुठीका जग्गा अतिक्रमण भएको छ।’
गुठी संस्थानले संकलन गरेको विवरणअनुसार गुठीको पहाडमा ५ लाख ६१ हजार ९९० र तराईमा ६६ हजार ३३० विघा जग्गा छ। पहाडको होस् वा तराई गुठीको जग्गा अतिक्रमणमा परेको छ।
महालेखा प्रतिवेदनले पनि गुठीको जग्गा देशभर अतिक्रमण भएको जनाएको छ। देशभर राजगुठी दुई हजार २८२, गुठीका देवस्थल मठमन्दिर ७१७, पार्टी पौवा ६४७, पोखरी १५९, जात्रा पर्व काठमाडौं उपत्यकामा भित्र २ हजार १३ सूचीकृत भएको गुठी संस्थानले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस