काठमाडौँ-गत बिहीवार पक्राउ परेका गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारीलाई रिहा नगरे आन्दोलन चर्काउने कांग्रेसले चेतावनी दिएको छ ।
धादिङ जिल्लाका प्रायः सबै विकास निर्माणको ठेक्का हत्याउने र समयमा कामसमेत नगर्ने राधेलाई नेपाली कांग्रेस एवं विशेष कांग्रेस धादिङले संरक्षण दिँदै आएको थियो ।
तत्कालीन नेकपा एमाले निकट रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि राधे नै अपराध कर्म गर्दै आएको बताइन्छ । धादिङमा राजनीतिको आवरणमा हप्ता असुलीदेखि विभिन्न अपराधीक गतिविधी गर्दै आएको भण्डारी समूहलाई कसैले पनि नियन्त्रणमा लिन सकेको थिएन।
गत बिहीबार प्रहरीले भण्डारीसहित नीलकण्ठ नगरपालिका–३ बस्ने सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य, समीर थापामगरलाई नियन्त्रणमा लिएको हो । राधेको टोलीले स्थानीयलाई धम्की दिएर कुटपिट गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेको थियो। सो टोलीले जनक मगरसहितका स्थानीय बुढाबुढीमाथि समेत आक्रमण गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस