काठमाडौ-महाभूकम्प २०७२ मा क्षति भएका मध्ये झन्डै ४ लाख निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ३ लाख ९७ हजार १ सय २ वटा निजी आवासको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । पुनर्निर्माण सम्पन्न भएका घरमा भूकम्पपीडितले बसोबाससमेत सुरु गरेको आजको राजधानी दैनिकले पहिलो पेजमा समाचार छापेको छ |
प्राधिकरणका अनुसार ६ लाख २७ हजार ६ सय ६९ घर बन्ने क्रममा छन् । सरकारले निजी आवास अनुदान वितरणअन्तर्गत ९ लाख ९६ हजार ५ सय ८२ घरधुरीको सर्वेक्षण गरेको थियो । त्यसमा अतिप्रभावित १४ जिल्लाका ८ लाख २३ हजार ४ सय ६० छन् भने कम प्रभावित १८ जिल्लाका १ लाख ७३ हजार १ सय २२ घरधुरी छन् ।
लाभग्राही सूचीमा अति प्रभावित १४ जिल्लाका ७ लाख २५ हजार २ सय ९ रहेका छन् भने कम प्रभावित १८ जिल्लाका १ लाख ४ सय ६७ रहेका छन् ।
प्राधिकरणका अनुसार ७ लाख ६० हजार ५ सय ९५ ले पहिलो किस्ता बुझेका छन् । त्यसमा अति प्रभावित १४ जिल्लाका ६ लाख ६७ हजार ५ सय ७७ छन् भने कम प्रभावित १८ जिाल्लाका ९३ हजार १८ छन् ।
प्राधिकरणले दोस्रो किस्ता बुझ्ने भूकम्पपीडितको संख्या ५ लाख २४ हजार ४ सय ७६ रहेको जनाएको छ । कम प्रभावित १८ जिल्लाका ५२ हजार ९ सय ४२ घरधुरी छन् ।
तेस्रो किस्ता लिनेको संख्या पनि ४ लाख २७ हजार १७ छ भने अति प्रभावित १४ जिल्लाका ४ लाख २ हजार ५ सय १० र कम प्रभावित १८ जिल्लाका २४ हजार ५ सय ७ रहे
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस