काठमाडौं-कुनै समय थियो, दानदक्षिणा गरे धर्म कमाइन्छ। धर्म कमाउनकै लागि पितापुर्खाले जग्गाजमिनसमेत मठमन्दिर र जात्रापर्वका लागि छुट्याइदिए। कसैले सरकार (गुठी संस्थान) लाई जिम्मा दिए, कसैले निजी गुठी बनाएर सञ्चालन गर्न नयाँ पुस्तालाई दिए। कसैले चाँदी, तामा, पित्तल आदि दान दिए। हुनेखानेले सुन नै चढाइदिए।
समयले कोल्टे फेर्दै गयो। जग्गाको भाउ अकासिँदै गयो। आनाकै लाखौं/करोड पर्न थालेपछि अर्काथरी मान्छेको सोच फरक हुन थाल्यो। उनीहरू धमाधम ती गुठीमा रहेका जग्गा आफ्नो नाममा बनाउन थाले। आफ्नो बनाउन नसक्नेले सोझासाझालाई सस्तोमा बेचेर कमाउन थाले।
हजारौं बिघा÷रोपनी जग्गाको धनी पशुपतिनाथ क्रमशः खोक्रिँदै गयो। विश्वकै हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको एकातिर महत्व दिनानुदिन बढ्दैछ भने अर्कोतिर पशुपतिनाथको चलअचल सम्पत्ति हत्याउने क्रमसँगै विश्व सम्पदामा सूचीकृत भएर पनि अस्तित्व जोगाउन हम्मेहम्मे पर्न थालेको छ।
त्यस्तै पशुपति कोषको नाममा कति जग्गा छ यकिन थिएन। कति र कहाँ मासिए थाहा थिएन। प्रतिवेदनले सप्रमाण भन्यो, कोष मातहतका तीन कार्यालय पशुपतिनाथ भण्डार तहविल, पशुपतिनाथ अमालकोट कचहरी र पशुपतिनाथ जयवागेश्वरी भण्डार तहविल कार्यालय मातहतमा पशुपतिनाथका नाममा १८ हजार तीन सय ४२ रोपनी दुई आना दुई दाम जग्गा छ।
जसमा पाशुपत क्षेत्रभित्रका गुठी संस्थानले असुल उपर गरी पशुपति क्षेत्रभित्र चलाउनुपर्ने महास्नानलगायतका विभिन्न गुठीको जग्गा ११ हजार दुई सय ६१ रोपनी तीन पैसा एक दाम छ। दुर्भाग्य नै भन्नुपर्छ, पशुपतिनाथका नाममा रहेको दुई सय ३१ रोपनी जग्गा भने गायब भएको आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस