काठमाडौं-नेकपा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्व विद्यालयअन्तर्गतको सेवा आयोग खारेजीको माग गर्दै सुरु गरेको अनसन आज १६औं दिनमा प्रवेश गरेको छ ।
अखिल क्रान्तिकारीले जेठ ६ गतेबाट सेवाआयोग खारेजीको माग राख्दै कार्यालयको मूलगेटमा अनिश्चितकालीन रिले अनसन जारी राखेको हो ।
योग्यता र क्षमताका आधारमा भन्दा पनि राजनीतिक पहुँच र भागबण्डाका आधारमा त्रिवि सेवाआयाेगले कर्मचारी भर्ती गरेकाे भन्दै भ्रष्ट त्रिवि सेवाआयोग खारेजीको मागसहित आफुहरुले रिले अनसन शुरु गरेको संगठनका महासचिव पेशल दाहालले बताए ।
उनल भने भ्रष्ट त्रिवी सेवा आयोगको खारेजी, भ्रष्ट कर्मचारीको निलम्बन, अवैधानिक र राजनितिक रुपमा भागवण्डा गरि प्रकाशित परीक्षा नजिता खारेज नगरेसम्म अनसन जारी रहने समेत बताए ।
अनसनको ऐक्यवद्धता जनाउन शिक्षाविद् डा. विद्यानाथ कोइराला, डा. सुरेन्द्र केसी, प्रा.डा.मुकेश चालिसे लगायतका शिक्षाविद्हरु पुगेका थिए ।
त्यसैगरी सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष लेखनाथ न्यौपाने, वैज्ञानिक समाजवादी पार्टीका युवा तथा पुर्व विधार्थी नेता जागृत रायमाझी, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दिपक देवकाेटा लगाएतले पनि आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् भने नेकपा निकट अखिल क्रान्तिकारी, एकिकृत माअाेवादी निकट अखिल क्रान्तिकारी लगाएतका विधार्थी संगठनहरुले पनि राजनितिक भागवण्डाका आधारमा गरिएकाे कर्मचारी भर्ना खारेजीकाे माग गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस