काठमाडौं-विद्यार्थीलाई स्वीमिङ पुल, अंग्रेजी माध्यमबाट पढाई, मन्टेश्वरी प्रविधिकाे शिक्षा, शिशु कक्षादेखि तीन कक्षासम्म नि :शुल्क, दिवा खाजाकाे ब्यबस्था ,अत्याधुनिक कम्प्यूटर र साइन्स ल्याब, सुविधा सम्पन्न आकर्षक भवन, सबै कक्षा कोठा र विद्यालय परिसर सिसी टिभी क्यामेराबाट निगरानी याे सबै कुनै सुविधा सम्पन्न निजी स्कुलको कुरा होइन । यो त काठमाडौ महानगरपालिका वडा नं.६ महाङ्काल स्थित सरकारी बिद्यालय जनकल्याण माविको हो । जुन काठमाडौकाे उत्कृष्ट उदाहरणीय सरकारी बिद्यालयमा पर्दछ |
बि सं २०१०सालमा स्थापना भएको यो विधालयमा २०५६ सालदेखि निमावि कक्षा र २०६८ सालबाट माविको पढाइ सुरु भएकाे थियाे ।
जनकल्याण मावि भौतिक पूर्वाधार, त्यहाँ पढाइ हुने विषय र उत्कृष्ट नतिजाको कारण अब्बल रहेकाे छ ।
‘विद्यार्थीको चापका कारण अब भर्ना लिने स्थिती छैन । ठाउँ छैन भनेर फर्काउनु परेको छ । विद्यार्थी बढी हुन थालेपछि यो वर्ष प्रवेष परिक्षा मार्फत निश्चित कोटामा मात्रै भर्ना लिईएकाे प्राचार्य कमलाकुमारी राईले बताइन |
जनकल्याण माविमा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएपछि नीजि बिद्यालय छाडेर विद्यार्थी भर्ना गर्नेहरुको लहर नै चलेको छ । जसले विद्यार्थी र अभिभावकलाई आकर्षण मात्रै गरेको छैन, नतिजामा पनि सुधार आउन थालेको छ ।
अहिले १ हजार ५ सय विद्यार्थीले यो विद्यालयमा अध्ययन गरिरहेका छन् ।
सरकारी भए पनि जनकल्याण उमाविले नीजि विद्यालयले अवलम्बन गर्दै आएको कतिपय नियम लागु गरेको छ । अरु सरकारी बिद्यालयमा शुक्रबार हाफ छुट्टी हुन्छ, तर यहाँ हप्ताको छ दिन दिनभरि नै पढाइ हुन्छ भने ४ बजे पछि कमजाेर बिधार्थीहरुलाई उपचारात्मक अतिरिक्त कक्षा समेत हुने गरेकाे छ ।
अतिरिक्त क्रियाकलापमा नियमित कार्यक्रमबाहेक स्वीमिङ, डान्स कक्षा लगायतका कार्यक्रम पनि थपिएको छ । विद्यालयमा स्वीमिङ पुल र मन्टेश्वरीका विधार्थीका लागि छुट्टै इन्डोर खेल स्टेशनकाे व्यवस्था समेत गरेकाे छ ।
विद्यालयलाई नमूना बनाउन ब्यवस्थित पुस्तकालय, ल्याब, छुट्टै परीक्षा शाखा, विद्यालयको आफ्नै क्यान्टिन, स्वच्छ खानेपानी, सिसीटिभी का साथै शिशु देखि ३ सम्म नि : शुल्क दिवा खाजा आदिको ब्यवस्था गरिएको छ ।
जनकल्याण विद्यालयमा आवश्यक शिक्षक कर्मचारीकाे दरबन्दीकाे व्यबस्था नहुँदा शिक्षक तथा कर्मचारीहरुलाई तलब खुवाउन हम्मेहम्मे परे पनि जनकल्याण माबिमा ४०जना शिक्षक/कर्मचारी कार्यरत छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस