काठमाडौँ -कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) का कारण घरबारविहीन भएका बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका गरी करिब १५ सय घरपरिवारलाई जग्गा सहित आवासको व्यवस्था गर्न माग गर्दै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको ध्यानाकर्षण गराइएको छ ।
खानेपानी मन्त्री बिना मगर सहित गएको प्रतिनिधिमण्डलले वन तथा वातावरण मन्त्री बस्नेतसँग भेट गरी घरबारविहीन भएका नागरिकलाई उचित व्यवस्थापन गर्नुपर्ने माग राखी ध्यानाकर्षण गराइएको हो । भेटमा खानेपानी मन्त्री मगर सहित बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी र बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा लगायतका टोली सहभागी थियो ।
वन मन्त्री बस्नेतले घरबारविहीन भएका उक्त क्षेत्रका जनतालाई जग्गासहित आवासको व्यवस्थापन चाँडो भन्दा चाँडो गरिने प्रतिबद्धता व्यक्त गरे । आरक्ष पीडित जनताको समस्या समाधान गर्न सरकार गम्भीर रहेको उनको भनाई थियो ।
निकुञ्जले २०५८ सालमा साबिकको रौतेली बिचवा गाउँका बासिन्दाहरूलाई साबिकको बेलडाँडी गाविस वडा नं. ९ मा ल्याई बसोबास गराएपछि बेलडाँडीका बासिन्दाहरू घरबारविहीन हुन पुगेका थिए । बेलडाँडी र बेलौरीका स्थानीय बासीहरू घरबार विहीन भएपछि बिचल्लीमा परेका थिए ।
उतिबेलाको समस्या अहिले पनि ज्युँ का त्युँ नै रहेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष थापाले बताए । उनले समस्या समाधानका लागि भनेर धेरै आयोग बनाईएपनि घरबारविहीन जनताको समस्या अझै समाधान नभईसकेको स्पष्ट पारे ।
त्यसै गरी वन मन्त्रीसँगको भेटमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ प्रवेश द्वार खुल्ने भएको छ । कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खुल्न लागेको हो । उक्त प्रवेश द्वारको उद्घाटन वन तथा वातावरण मन्त्री बस्नेत र खानेपानी मन्त्री बिना मगरबाट गराउने तयारी स्थानीय गाउँपालिका र नगरपालिकाले गर्ने भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस