काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश राजा जस्तै बन्न थालेको आरोप लगाएका छन् |
सभापति देउबाले विगतमा राजाले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता खोसे जस्तै प्रधानमन्त्री ओलीले गर्न खोजेको बताए । रुपन्देही कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले भने ‘जनताका अधिकार खोस्ने र प्रजातन्त्रसँग हिँड्न नखोेजेपछि राजा (ज्ञानेन्द्र)लाई पनि हटाएका हौं, त्यत्तिकै हटाएका होइन |’
सरकारले मिडिया काउन्सील विधेयक ल्याएर वाक तथा अभिव्यक्ति र प्रेस स्वतन्त्रता खोस्न खोजेके उनले बताए । ‘२००७ सालदेखि हामी लडेको वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रताका लागि हो । अहिले सरकारले विधेयक ल्याएर स्वतन्त्रतामा बन्देज लगाउन खोज्दैछ’ देउवाले भने, ‘हामी संसद चल्न दिन्नौंं, विधेयक कुनै हालतमा पास हुन दिन्नौं ।’
सरकारले स्वतन्त्र न्यायपालिका र मानवअधिकार आयोगमाथि पनि हस्तक्षेप गरिरहेको उनले बताए । ‘ओली सरकार पञ्चायत भन्दा पनि तल्लो स्तरमा ओर्लेर निरंकुशता र मनपरी लाद्न खोज्दैछ’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘सरकारविरुद्ध लड्नुपर्ने अवस्था छ, आन्दोलनका लागि तयार हुनुस् ।’
विपक्षी दलका नेता देउवाले सरकारले ल्याएको वजेट कार्यकर्ता पाल्ने खालको मात्र भएको टिप्पणी गरे । ‘विदेशबाट आएको अनुदान र ऋणले कार्यकर्तालाई पाल्न पाइन्छ ?’ देउवाले भनेका छन्, ‘यो कुनै हालतमा हुन दिन्नौं ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस