काठमाडौं–खानेपानी मन्त्री बिना मगरले उपत्यकामा रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन गर्ने बताएकी छिन |
शुक्रबार उपत्यका भित्रका पुराना ढुङ्गे धारा तथा पोखरीहरुको लगत–नक्साङकन सम्बन्धी पुस्तकको बिमोचन गर्दै मन्त्री मगरले ऐतिहासिक सम्पदाको रुपमा रहेका काठमाडौं उपत्यकाका पोखरी र ढुंगेधाराको संरक्षण र सम्बर्द्धन आफ्नो प्राथमिकतामा रहेको बताएकी हुन् ।
कार्यक्रममा मन्त्री मगरले आधुनिकताले हाम्रो प्राचीन सभ्यता झल्काउने कलात्मक ढुंगेधारा र पोखरीहरु मासिदै गैरहेको बताइन् ।
अव्यवस्थित शहरीकरणका कारण हाम्रा ऐतिहासिक महत्वका कला, संस्कृति लोप भैरहेको बताउंदै मन्त्री मगरले बाँकी रहेका सम्पदाहरुको उचित संरक्षण हुन नसके मासिएर जाने बताइन |
ढुंगेधारा र पोखरीको संरक्षण र सौन्दर्यीकरण गरेर पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने मन्त्री मगरको भनाइ थियो।
काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा र पोखरीहरुको बारेमा लगत तथ्यांक संकलन गरि पहिलोपटक पुस्तक तयार भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस