काठमाडौं-बुधबार बिहान एकाएक चितवनका स्थानीयले निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार भत्काए |
डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बारमात्र भत्काएनन धुर्मुस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।
रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ । यसै बिषयलाई समाधान गर्न चार दिनअघि स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल गरेका थिए ।
सो छलफलमा रंगशालाको पूरा डीपीआर आएपछि कति सडक छाड्ने भन्ने बारेमा निर्यौक्ल हुने भएकोले तत्काल काम गर्न दिन अनुरोध गरेका थिए । स्थानीयका लागि मात्रै होइन रंगशालाका लागि समेत सडक चाहिने भएकोले करीव १० मिटर जग्गा सडकका लागि छाड्ने विश्वास धुर्मसले दिलाएका थिए ।
यति हुदाहुँदै आज स्थानीयले तारबार भत्काए | घटना भएको आफनै आखाले देखेका धुर्मुस भावविह्वल भएका छन् |धुर्मुसले यो कार्यलाई राजनीतिसंग जोडेका छन् | उनले यस घटनालाई राजनीती प्रेरित भनेका छन् |
धुर्मुसले भने ‘यी रसाएका आँखाको मात्र हैन,परदेशमा रगत बगाउने लाखौँ युवाको पसिना हो ।’ लाइभ भिडियोमा उनले थपे ‘डोजर जस्तापाताको बार भत्काएर नेपालीको मनमा लगाईएको छ ।’
सामाजिक संजालमा निर्माणाधीन रंगशालामा डोजर लगाउनेहरुको चर्को आलोचना भैरहेको छ |
गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला नपाली गौरबसंग जोडिएको बिषय हो | यस्तो बिषय उठान गर्ने समाजिक अभियन्ता तथा कलाकार धुर्मुसहरुलाई रुवाउनेलाई नेपाली समाजले के कारबाही गर्न सक्छ ? यो एउटा गम्भीर प्रश्न हामी सामु तेर्सिएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस