काठमाडौँ-गणतन्त्र दिवस कार्यक्रमको व्यस्तताबीच बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्दै छन् । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ |
नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गर्ने भएको हो ।
कार्यक्रममा सहभागी हुन काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युन र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले संयुक्त रूपमा आमन्त्रण गरेका छन् ।
प्रेसिडेन्ट युनले युनिभर्सिटीका तर्फबाट ओलीलाई उपाधि प्रदान गर्नेछन् । ओलीले ग्रहण गर्न लागेको यो चौथो मानार्थ विद्यावारिधि उपाधि हो । यसअघि सन् २०१० मा मध्य अमेरिकाको बेलिजमा रहेको भनिएको र काठमाडौं शंखमूलमा सम्पर्क कार्यालय रहेको ग्रिनफोर्ड इन्टरनेसनल युनिभर्सिटीले ओलीलाई राजनीतिशास्त्रमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो । उक्त उपाधि विवादमा परेको थियो ।
ओली, तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विद्यावारिधि प्रदान गरेको केही दिनपछि नै युनिभर्सिटी नक्कली रहेको र त्यसका कुलपति भनिएका गोपाल पौडेल मोटो रकम लिई नक्कली शैक्षिक प्रमाण बेच्ने व्यक्ति भएको सार्वजनिक भएको थियो ।
कलाकारद्वय श्रेष्ठ र आचार्यले फर्जी विश्वविद्यालय खोलेर एक शैक्षिक नटवरलाले दिएको मानार्थ विद्यावारिधि स्वीकार गरेकामा आफूहरूलाई लज्जाबोध भएको भन्दै उपाधि फिर्ता गरेको सार्वजनिक घोषणा गरेका थिए । ओली र गच्छदारले भने उपाधि फिर्ताको घोषणा गरेका थिएनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस