काठमाडौं- बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा संलग्न जोकोही भए पनि कारवाही हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले स्पस्ट पारेका छन् ।
बिहिबार मन्त्रिपरिषदको निर्णय सुनाउदै मन्त्री बास्कोटाले जग्गा खरिद प्रकरणमा तथ्य र प्रमाणबाट दोषी जोकोहीलाई पनि कारवाही गरिने स्पष्ट पारेको आजको नागरिक दैनिकले समाचार छापेको छ ।
सुवर्ण शम्शेरको भनाई, रिसइवी साध्ने आशंका, नेपाली कांग्रेसले बचाउमा बोलेको र कांग्रेस सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएपछि छानविन प्रभावित हुने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा बाँस्कोटाले दोषी पाइए नेकपा महासचिव विष्णु पौडेलदेखि देउवासम्मलाई कारवाही हुने जवाफ दिए।
‘कोहीप्रति रिसइवी साध्ने तरिकाले उत्खनन् गरिएको विषय यो होइन। सुशासन र सरकारी सम्पत्तिको रक्षाभित्र पर्छ। यसमा जोकोही पर्नुस् चारतारे, लालतारे। तथ्य र प्रमाणले देखाउँछ भने यसमा कसैलाई पनि छुट दिन सक्दैनौं’, उनले भने। उनले चारतारे भनेर कांग्रेस (देउवा) र लालतारे भनेर नेकपा (विष्णु पौडेल) तर्फ लक्षित गरेका हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस