काठमाडौं-चीनको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा राजनीतिक स्थिरतासँगै लगानीमैत्री वातावरण भएकाले चिनियाँ उद्योग तथा लगानीकर्तालाई लगानीका लागि आग्रह गरेकी छन् । यो समाचार राजधानी दैनिकले प्राथमिकता साथ छापेको छ ।
आइतबार नेपाल चीन ट्रेड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै उनले नेपालले समृद्ध मुलुक निर्माणका लागि विदेशी लगानीकर्ताका लागि उपयुक्त वातावरण तयार गरेको बताइन् । उनले चिनियाँ लगानीकर्ताका लागि विशेष प्राथमिकतामा राखिएकोसमेत बताएकी थिइन् । सो कार्यक्रमा नेपाल र चीनका उद्योगपति, उद्यमी तथा लगानीकर्ताको उपस्थिति थियो ।
भण्डारीले नेपाल सरकारले आर्थिक उन्नतिका लागि समृद्ध मुलुक सुखी नेपालीको अवधारणा अघि सारेको बताइन् ।
‘नेपालमा अहिले लगानीको उत्कृष्ट वातावरण रहेको छ । नेपालमा प्राकृतिक स्रोत, राजनीतिक स्थिरता र लगानीमैत्री वातावरणका लागि लगानीकर्ताका लागि अवसरै अवसर छ,’ उनले भनिन्, ‘एकद्वार प्रणालीबाट विदेशी लगानीकर्तालाई सहजीकरण गरिरहेका छौं ।’
भण्डारीले नेपालमा बहुराष्ट्रिय कम्पनीहरूले उदार कर प्रणालीबाट फाइदा लिइरहेको बताएकी थिइन्
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस