काठमाडौं-राज्यकाे नीती विधालय शिक्षा पुर्ण रुपमा नि : शुल्क गर्ने भनिएता पनि उपत्यकाका अधिकांश सरकारी विधालयहरुले विधार्थी भर्ना अभियानमा नै नीजि विधालय सरह ्चर्को शुल्क लिएको पाइएको छ ।
उपत्यकाका सरकरि बिध्यालहरुले बिभिन्न शिर्षकका नाममा विधार्थीबाट नियमविपरित शुल्क अशुली धन्दामा लागेका हुन ।
नीजि स्राेतका शिक्षक कर्मचारीलाई तलव,अंग्रेजी माध्ययबाट पढाइ लगाएतका बहानामा खुलेआम विधालयहरुले शुल्क अशुल्दा समेत स्थानिय शिक्षा कार्यालय र जनप्रतिनिधिहरु मुखदर्शक बनिरहेकाे अबिभावक टंक भट्टराईले गुनासाे गरे ।
उनले भने ‘राज्यले शिक्षा निशुल्क भनेकाे भएता पनि सरकारी विधालयले नीजि विधालय साे सरह नै शुल्क लिएका छन् ।’
काठमाडौ महानगरपालिका वडा नं ४ मा पर्ने बाँसबारी माध्यमिक विधालयले नर्सरीदेखी कक्षा १० सम्मका विधार्थीवाट बिभिन्न शुल्क शिर्षकमा २००० रुपैयाँदेखी ५५०० रुपैयाँसम्म उठाईरहेकाे छ ।
त्यस्तै वडा न ६ बौद्धकाे जनकल्याण माध्यमिक विधालयले नर्सरी कक्षाकाे बार्षीक रु ५००० देखी कक्षा दशकाे रु १६००० सम्म उठाईरहेकाे पाइएको हो ।
उक्त विधालयकी प्रधानाध्यापक कमला राईले बिधार्थीसंग शुल्क उठाउनु बाध्यता भएकाे बताएकी छन्। उनले विधालयमा प्रयाप्त दरबन्दी नभएकाे र निजि स्राेतका शिक्षक कर्मचारीकाे व्यबस्थापन गर्नुपर्ने भएकाले शुल्क उठाउनुपरेकाे जानकारी दिईन ।
उपत्यकाका अधिकांश सरकारी बिधालयहरुले विभिन्न बहानामा नियमविपरित शुल्क अशुल गर्ने गरेका छन् ।
काठमाण्डौ महानगरपालिका शिक्षा शाखा प्रमुख निर्मला केसीले कानुन विपरित कसैले पनि शुल्क उठाउन नपाउने र कसैले उठाएकाे पाईएमा कानुन वमाेजिम स्पष्टिकरण लगाएतकाे कार्वाही गर्ने बताएकी छन् ।
बुढानिलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख नवराज नेपालले कुनै पनि सरकारी विधालयलाई विधार्थीसंग शुल्क उठाउने अधिकार नभएकाे भन्दै विधार्थीसंग शुल्क उठाएकाे भेटिएमा कार्बाही गर्ने बताए ।
त्यस्तै ललितपुर महानगरपालिका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले सरकारी विधालयहरुले बिधार्थीसंग कुनैपनि प्रकारकाे शुल्क लिन नपाउने र त्यस्ताे पाइए कार्बाही गर्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस