९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । करिब ५ सय जना घाइते भएका छन्
।
इस्लाम धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला आइतबार चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएका थिए । यो घटनामा विदेशी नागरिकसहित २९० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणलगत्तै श्रीलंकाभर लगाइएको कर्फ्यू सोमबार बिहानबाट हटाइएको छ । यद्यपि घटनापछि सामाजिक सन्जालमा लगाइएको प्रतिवन्ध कायमै छ ।
प्रहरीले शंकास्पद २४ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ । पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । उनीहरुको सम्पर्क अन्तर्राष्ट्रिय संगठनसँग छ कि छैन भनेर अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ । यद्यपि अझैसम्म आक्रमणको जिम्मा कुनै पनि संगठनले लिएको छैन । केही स्थानमा आत्मघाती बम आक्रमण भएको अनुमान गरिएको छ ।
आक्रमणको विश्वव्यापी रुपमा आलोचना भएको छ । श्रीलंकामा सन् २००९ मा २५ वर्षे लामो गृहयुद्ध सकिएपछि भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
प्रधानमन्त्री रनिल विक्रमासिंघेले सम्भावित आक्रमणबारे प्रहरीलाई पूर्वसूचना रहे पनि यसको जानकारी मन्त्रिपरिषदलाई नदिइएको बताएका छन् ।
रक्षामन्त्री आर विजयवर्धनले यसलाई आत्मघाती आक्रमण भनेका छन् । उनले आक्रमणको योजना विदेशमा बनाइएको दाबी गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस