काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुनै डर र लोभ नभएको बताएका छन्।
‘कतिपय मानिसले प्रचण्ड डराएको जस्तो ठान्छन्। मलाई अब कुनै डर छैन। किनकि शान्ति सम्झौता भएको छ, संविधान बनेको छ। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ। निर्वाचन भएको छ। देश अब समृद्धितिर जाँदैछ। मलाई व्यक्तिगत रुपमा कुनै डर छैन। लोभ पनि मलाई त्यस्तो छैन अब’, प्रचण्डले भने।
रिपोर्टर्स क्लबको २१औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा प्रचण्डले अमेरिका भ्रमणको क्रममा आफूलाई आतंकवादीको रुपमा चित्रित गर्न गरिएको प्रयासबारे असन्तुष्टि पोखे। विदेशमा बस्ने नेपालीले त्यस्ता हर्कत गरेकोमा उनको थप आक्रोश थियो।
‘एउटा विदेशी राष्ट्रमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा, त्यसको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा अन्तराष्ट्रिय जगतले गिरफ्तार गरेर जेल हाल्नुपर्यो भन्नु कति तर्कसंगत छ?, प्रचण्डले प्रश्न गरे।
उनले आफू वासिंगटन डिसीमा बस्दै गर्दा त्यहाँको कांग्रेसको कमिटीले प्रचण्ड हत्यारो हो, यसलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय गरेको बाहिर आएको भन्दै त्यस्ता कुरामा खासै वास्ता नभएको उनले बताए।
उनले आफू अमेरिका संवेदनशील सन्दर्भमा गएको बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस