नेपालले ८५ करोड रूपैयाँ खर्चेर दुई वटा रेल किन्ने भएको छ। जनकपुरदेखि भारतको जयनगर रूटमा चलाउनका लागि रेल विभागले दुई वटा डेमु रेल किन्न लागेको हो।
मन्त्रिपरिषद्को चैत ४ गतेको बैठकले भारत सरकारसँग रेल किन्न विभागलाई स्वीकृति दिएको छ। विभागले भारतलबाट डेमु रेल किन्ने निर्णय गरेको छ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार खरिद सम्झौतामा हस्ताक्षर गर्न केही दिनभित्रै भारतीय अधिकारी काठमाडौं आउँदैछन्। भारतीय रेल मन्त्रालयले सम्झौताको तीन महिनाभित्र नेपाललाई डेमु रेल दिन सक्ने बताएको छ। यो रेल बनाउने फ्याक्ट्री भारतको मदरासमा छ।
मिश्रका अनुसार जनकपुर-जयनगर रूटमा चल्ने उक्त रेलमा दुबैतर्फ इन्जिन हुन्छन्। जुन डिजेलबाट निकालिएको बिजुलीबाट चल्छन्। यो रेल सोलारबाट पनि चल्न सक्छ। प्रतिघन्टा १०० किलोमिटरको गतिमा कुद्ने उक्त रेलमा १२ सय यात्रु अटाउँछन्। रेलमा पाँच वटा डिब्बा (कोच) हुन्छन्।
उनले रेलमा नेपाली राष्ट्रियता झल्किने गरी पेन्टिङ र चित्रहरू कोरिने बताए।रेल सुरूमा कम्पनीका मानिसहरूले आएर सञ्चालन गर्नेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस