अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो । यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी स्विकृति पाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्ली प्लान्टका लागि लगानी बोर्डबाट स्वीकृत भएको छ,’ उनले भने, ‘सन् २०२० को जनवरीभित्र प्लान्ट स्थापना गर्ने सर्तसहित लगानी स्वीकृत भएको हो ।’
मोतीपुर औद्योगिक क्षेत्रमा प्लान्ट लगाउन अध्ययन
कम्पनीले आद्योगिक मोतीपुर औद्योगिक क्षेत्रभित्रै प्लान्ट स्थापना गर्न अध्ययन गरिरहेको सिइओ अधिकारीले बताए । उनका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पहिचान गरेको औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गर्न कम्पनीले अध्ययन गरिरहेको छ । ‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकै प्रस्तावमा लगानी बोर्डले सो औद्योगिक क्षेत्र विकासलाई पनि परियोजनाकै सूचीमा राखेको छ,’ उनले भने । कम्पनीले गाडी उत्पादनका लागि ‘ट्याक्स फ्रि’ तथा ‘ट्याक्स होलिडे’ जस्ता सुविधाको व्यवस्था गर्न माग गरिरहेको छ । ‘कम्पनीलाई के–कस्ता छुट तथा सुविधा दिन सकिन्छ भन्नेबारे बोर्ड छलफलकै क्रममा छ,’ उनले भने ।
५ वर्षभित्र वार्षिक २० हजार उत्पादन लक्ष्य
कोरियाली कम्पनी मोट्रेक्सले प्लान्टले स्थापनाको ५ वर्षभित्र क्रमिक रूपमा बढाउँदै वार्षिक २० हजार थान गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, प्लान्ट स्थापना गरेर पूर्ण क्षमतामा सञ्चालनमा आउँदासम्म वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गर्ने कम्पनीको तयारी छ । सुरुमा कम्पनीले सम्पूर्ण पार्टपुर्जा आयात गरेर नै नेपालमा गाडी एसेम्बल मात्र गर्नेछ । तर, क्रमशः नेपालभित्रै पार्टस्समेत उत्पादन गर्दै जाने अवधारणा कम्पनीको छ । ‘अन्य देशमा पनि सुरुमा प्लान्ट स्थापना गर्दा पार्टस्हरू आयात नै गर्ने चलन छ,’ सिइओ अधिकारीले भने, ‘क्रमशः आफैँले उत्पादन गरेर गाडीका धेरैजसो सामान आफैँले उत्पादन गर्ने गरिएको विश्व अभ्यास पाइन्छ ।’
गाडी ४० प्रतिशतसम्म सस्तो हुने
नेपालमा गाडी उत्पादन भएसँगै स्वदेशी बजारमा खपत हुने/नहुने भन्ने अध्ययन कम्पनीले गरिरहेको छ । ‘प्रतिस्पर्धी मूल्य भयो भने नेपाल र छिमेकी मुलुकका बजारमा समेत सो गाडी खपत हुन सक्छ,’ सिइओ अधिकारीले भने, ‘नेपालमै उत्पादन गर्दा ४० प्रतिशतसम्म मूल्य कम हुने आकलन कम्पनीको छ । यसले गर्दा बजार पाउने विश्वास गर्न सकिन्छ ।’
कम्पनीले माग गरेअनुसार उसलाई ट्याक्स होलिडेलगायत सुविधा दिन सकेमा नेपालमा उत्पादन गर्ने गाडीको मूल्य कम हुन सक्ने विश्वास सिइओ अधिकारीको छ । ‘प्लान्ट स्थापना भएको केही समयपछि कम्पनीले विद्युतीय गाडी उत्पादन गर्ने अवधारणा अघि बढाएको छ,’ उनले भने, ‘विद्युतीय गाडी उत्पादन गर्ने र मूल्य प्रतिस्पर्धी हुने नेपालमा उत्पादन हुने गाडीले बजार पाउँछ ।’
अवरोध हुने सम्भावना
यद्यपि, मेट्रोक्स कम्पनीको अवधारणा र सिइओ अधिकारीले बताएजस्तो नेपालमै गाडी उत्पादन गरेर ४० प्रतिशतसम्म कम मूल्यमा बिक्री गर्न भने विभिन्न पक्षको अवरोध देखिन्छ । पहिलो अवरोध त सरकारकै तर्फबाट छ । गाडी आयातमा चर्को भन्सार शुल्क लगाएर राजस्व उठाउँदै आएको छ । गाडीको आयात कम हुँदा सरकारको राजस्व संकलनमा असर पर्ने भएकाले सरकारी तहबाटै पहिलो अवरोध हुने खतरा देखिन्छ । त्यस्तै, गाडी आयात गरेर नाफा कमाउँदै आएका व्यवसायीहरू पनि नेपालमा गाडी उत्पादन गर्ने र मूल्य सस्तो गर्ने विषयको विरोधमै देखिँदै आएका छन् । स्रोत भन्छ, ‘एसेम्ब्ली प्लान्ट स्थापना परियोजनाका लागि मोट्रेक्सको लगानीलाई स्विकृति दिनासाथ गाडी व्यापारीको विरोध र सरकारमाथि दबाब सुरु भइसकेको छ ।’
१ हजारले रोजगारी पाउने
कम्पनीले प्लान्ट स्थापना गर्नासाथ एक हजारजनाले प्रत्यक्ष रोजगारी पाउने लगानी बोर्डले जनाएको छ । कम्पनीले प्लान्ट विस्तार गर्दै लाँदा र उत्पादन बढाउँदै लाँदा हजारौँ नेपालीले सो प्लान्टमा रोजगारी पाउने सम्भावना देखिएको छ ।
साढे १० अर्ब लगानी स्वीकृत : महाप्रसाद अधिकारी
सिइओ
नेपाल लगानी बोर्ड
मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्ली प्लान्टका लागि लगानी बोर्डबाट स्वीकृति दिइएको छ । कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्नेछ । सन् २०२० को जनवरीभित्र प्लान्ट स्थापना गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस