काठमाडौं – अन्ततः शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ ।उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्ने गरेको भए पनि यस वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो ।तर, उत्तर कोरियाले यसअघिको यस्तो निर्णय परिवर्तन गर्दै पुनः सैन्य परेड गर्ने तयारी गरेको छ ।
उत्तर कोरियाले सैन्य परेडमाथि भइरहेका आलोचना खारेज गर्दै यसमाथि बोल्ने अधिकार कसैमाथि पनि नभएको टिप्पणी गरेको छ । विश्वका केही देशहरुले उत्तर कोरियालाई सैन्य परेड नगर्न बरु ओलम्पिक गेममा केन्द्रित हुन सुझाव दिएका थिए ।
‘यो सामान्य प्रचलन हो कि हरेक देशले आफ्नो सेना दिवसलाई गम्भीरतापूर्वक लिन्छन् र असाधारण तरिकाले मनाउँछन्’, उत्तर कोरियाको सत्तारुढ पार्टीको पत्रिका दी रोडोंङ सिनमुनले अन्तर्राष्ट्रिय रुपमा भइरहेका आलोचनाहरुको खण्डन गर्दै भनेको छ ।
विज्ञहरुले उत्तर कोरियाले आफ्नो ७० औं सेना स्थापना दिवसको अवसरमा लामो दूरीको मिसाइल प्रदर्शन गर्ने अनुमान गरेका छन् ।दक्षिण कोरियाका सरकारी अधिकारीहरुले भने फ्योंगयाङ एयरपोर्टको नजिकै १३ हजार सेनाले २ सय उपकरणका साथ रिहर्शल गरिरहेको देखिएको बताएका छन् ।
कोरियन पिपुल्स आर्मी स्थापनाको अवसरमा उत्तर कोरियाले हरेक सैन्य परेडका साथ विविध कार्यक्रम गरेर मनाउने गरेको छ । ७० वर्ष अघि सन् १९४८ मा आजकै दिन यसको स्थापना भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस