काठमाडौं । उत्तर कोरियाका राज्य प्रमुख किम योङ नाम शीतकालीन ओलम्पिकका लागि पहिलोपटक दक्षिण कोरिया भ्रमणमा आउने भएका छन् ।
बीबीसीले जनाएअनुसार उत्तर कोरियाबाट दक्षिण भ्रमणमा आउने उनी अहिलेसम्मकै सबैभन्दा उच्च अधिकारी रहेको बताइएको छ । नाम शुक्रबारको समारोहमा उपस्थित हुने खबर उत्तर कोरियाले नै सार्वजनिक गराएको बताइएको छ ।
ओलम्पिकको उद्घघाटन समारोहमा उत्तर कोरिया र दक्षिण कोरियाले एउटै झण्डामुनि मार्च गर्ने तय भएको छ । यस कार्यक्रमले दुई देशबीच शान्ति र एकताको संकेत गराएको भएपनि उत्तर कोरियाको आणविक कार्यक्रममा भने यसले कुनै असर नपार्ने विश्वविद्हरुको भनाइ छ ।
तरपनि उनको आगमनले दक्षिण कोरियामा भने विशेष महत्व बोकेको बताइएको छ । उनको भ्रमणले उत्तर कोरिया दक्षिणसँग मेलमिलापका लागि साँच्चै तयार रहेको पुष्टि हुने दक्षिणका अधिकारीहरुको भनाइ छ । त्यसकारण दक्षिण कोरियाले पनि यस अवसरको पूरा फाइदा उठाउँदै उनीसँग उच्च स्तरीय वार्ता गर्ने योनह्याप समाचार एजेन्सीले बताएको हो ।
किम योङ तीन दिनका लागि दक्षिण कोरियामा बस्ने र आफ्ना देशका २२ खेलाडीको नेतृत्व गर्ने बताइएको छ । ९० वर्षीय किम योङ नामले आफ्नो जीवनभर उत्तर कोरियाका तीन शाषकका लागि काम गरेका छन् ।
उत्तर कोरियामा उनी आफ्नो काममा अत्यन्तै वफादार र समर्पित व्यक्तित्वका रुपमा चर्चित छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस