सोल-ओलम्पिक खेलमा सहभागीताबारे छलफल गर्न उत्तर कोरियाले अहिलेसम्मकै उच्चस्तरीय टोली दक्षिण कोरिया पठाउने भएको छ ।
शुक्रबार हुने वार्ताको नेतृत्व उत्तर कोरियाका संसद प्रमुख किम योङ नामले गर्ने भएका छन् । उनी उत्तर कोरियाका सेरेमोनियल राष्ट्रप्रमुखसमेत हुन् । उनी २२ सदस्यीय टोलीको नेतृत्व गर्दै दक्षिण कोरिया जान लागेका हुन् । उत्तर कोरियाबाट दक्षिण कोरियामा हुन लागेको यो चार वर्षयताकै उच्चस्तरीय भ्रमण रहेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ ।
वार्तामा सहभागी हुन किम नेतृत्वको टोली पानी जहाजबाट दक्षिण कोरिया पुग्ने छ । उत्तर कोरिया र रसियावीच सञ्चालन हुादै आएको एक प्रकारको फेरिमा चढेर उत्तरको उच्चस्तरीय टोली दक्षिण प्रवेश गर्ने मन्त्रालयले जनाएको छ । दक्षिणले सन् २०१० देखि नै उत्तरका पानीजहाजलाई दक्षिणी तट प्रवेशमा रोक लगाएको भए पनि यो उच्चस्तरीय वार्ताका लागि सो प्रतिबन्ध खुलाइने दक्षिणको मन्त्रालयले जनाएको छ ।
उत्तर कोरिया र दक्षिण कोरियाबीच शत्रुतापूर्ण सम्वन्ध छ । उत्तर कोरियाको आणविक अस्त्र परीक्षणले कटुतालाई झन् बढाएको छ ।
फेब्रुअरी ९ देखि २५ सम्म हुने ओलम्पिकलाई दुवै कोरियाबीचको सम्वन्ध सुधारको अवसरको रुपमा पनि लिइएको छ । ओलम्पिक उदघाटन समारोहमा दुबै कोरियाका खेलाडीहरुले एउटै झण्डा मुनि मार्चपास गर्ने बीबीसीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस