काठमाडौं – दक्षिण कोरियाको ‘लेट मि इन’ले काठमाडौंमा पनि आफ्नो सेवा सुरु गरेको छ । छाला सम्बन्धी सेवा दिने उदेश्यले राजधानीको नयाँ बानेश्वरमा ‘लेट मि इन’ कोरियन एथिक्स् नामक ब्युटी क्लिन स्थापना भएको हो ।
शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिक, पुर्व मिस नेपाल माल्भिका सुब्बा र बैंकर रबिना देसराज लगायतले क्लिनिकको उद्घाटन गरे ।
‘लेट मि इन’ले छालामा देखिने समस्याहरु डण्डिफोर,चाँया,फेसियल, छालाको दाग हटाउने,कोठी हटाउने, टाटु हटाउने,अनुहारको फोहोर हटाउने लगायतका सेवा दिने क्लिनिकमा म्यानेजिङ डाइरेक्टर डोङ सोमाले जानकारी दिए । कोरियामा उत्पादन हुने सौन्दर्यका साधन र प्रविधि कोरियासँगै नेपालमा पनि अपग्रेट गर्ने उनले बताए ।
कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बाले कोरियन सौदर्य प्रविधि विश्वका अन्य प्रविधि भन्दा स्तरीय हुने बताइन् । आफुले पनि कोरिया ब्राण्डका सौदर्य सामाग्री प्रयोग गर्ने गरेको बताउँदै यसको तुलना अरु कुनैसँग गर्न नमिल्ने सुनाइन् ।
‘लेट मि इ’ चाउरिएका छाला,चाँया लगायत समस्याको हाइड्रो साइनिङ इन्जेक्सन सेवाबाट पनि उपचार हुने कार्यक्रममा जानकारी दिइयो । ‘लेट मिले इ’ले थेरापीबाट सौन्दर्यको उपचार प्रविधि समेत नेपाल भित्र्याएको छ ।
औषधीको सेवन गरेर, विभिन्न औषधी लगाएर पनि निको नभएका छालासम्बन्धी रोग ‘लेट मि इ’ले इलेक्टिक थर्मोलाइसिसबाट समेत उपचार गरेर समस्यको समाधान गर्ने दाबी कार्यक्रममा गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस