वाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव गरेका छन् । बुधबार ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेका हुन् ।
डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई स्थायी आवास अनुमति दिन्छ । बुधबार न्यूयोर्कमा भएको आक्रमणमा डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको व्यक्तिको संलग्नता भएको पुष्टि भएपछि ट्रम्प डीभी चिठ्टा तत्काल खारेज गर्ने निष्कर्षमा पुगेका हुन् । डिभी चिठ्ठा आतंकवादीहरु अमेरिकी प्रवेश गर्ने माध्यम बनेकाले यसलाई खारेज गर्नुपर्ने ट्रम्पको जोड रहेको सीएनएनले जनाएको छ ।
ह्वाइटहाउस बैठकमा ट्रम्पले भनेका छन्, ‘मैले आजबाट डाइभर्सिटी भिसा (डीभी)को कार्यक्रम रद्ध गर्ने प्रक्रिया शुरु गरेको छु । डाइभर्सिटी भिसा सुन्दा मिठो लाग्छ, तर यो राम्रो होइन, त्यसैले हामी यसको विपक्षमा छौं ।’
उनले डीभी खारेज गर्ने प्रक्रियाका लागि अमेरिकी संसदमा प्रस्ताव लैजाने पनि बताए ।
राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस