सोल-प्रचण्ड सरकारले कोरियामा कार्यरत नेपाली कामदारले आफ्नो कमाइ नेपाल निशुल्क पठाउने व्यवस्था आजको बजेटबाट गर्न लागेको छ | यहाँ कार्यरत कामदारले नेपालमा रकम पठाउँन हुन्डी माध्यम अत्याधिक गरेकाले पैसा नेपाल पठाउँदा शुल्क नलाग्ने ब्यवस्था गर्न लागेको हो । यो व्यवस्था दक्षिण कोरिया लगायतका मुलुकबाट नेपालमा रकम पठाउँदा पैसा नलाग्ने ब्यवस्था गर्न लागिएको हो ।
अर्थमन्त्रालय स्रोतका अनुसार राष्ट्र बैंकले दिएको यस्तो सुझाव राम्रो देखिएकोले बजेटमा समाबेश गर्न लागिएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।
‘धेरै नेपाली गएका देशहरुबाट औपचारिक माध्यमबाट रेमिटान्स आउने मात्रा निकै कम छ, त्यस्ता देशहरुबाट नेपालमा रकम पठाउँदा पैसा नलाग्ने ब्यवस्था गर्नु उचित हुन्छ भन्ने सुझाब राष्ट्र बैंकले दिएको छ, यो राम्रै लागेकोले बजेटमा समाबेश गर्ने भनिएको छ, सायद बजेटमा आउँछ होला,’ मन्त्रालय स्रोतले भन्यो ।
नेपाल सरकार र दक्षिण कोरिया सरकारको सम्झौताबाट त्यहाँ गएका नेपालीले पनि औपचारिक माध्यमबाट नेपालमा रकम पठाउने गरेका छैनन् । हुन्डीको कारोबार बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न यस्तो सुझाव राष्ट्र बैंकले दिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस