काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि जुटिरहेका महावीर पुनले महादान अभियान चलाईरहेका छन् | सरकारले राष्ट्रियआविष्कार केन्द्र खोल्न कुनै पहल नगरे पछि आफु बाध्य भएर निर्माण गर्न लागेको उनले बताए |
अनामनगरमा आयोजित नेपाल मगर संघ दक्षिण कोरियाद्वारा संकलित रकम हस्तातरण कार्यक्रममा बोल्दै पुनले चाडो भन्दा चाडो आविष्कार केन्द्र निर्माण गरेर दिमाग बेच्न सके देशले काँचुली फेर्न धेरै समय नलाग्ने सुनाए | अमेरिका , युरोप देखि जापान कोरिया लगायतका सम्पन्नशाली देशहरुले दिमाग बेचेर नै धनी भएको बताए |
राष्ट्रिय आविष्कार केन्द्र निर्माणको प्रपोजल थुप्रै प्रधानमन्त्रि सामु पेश गरे पनि कसैले प्राथमिकता दिएर बजेट नदिए पछि आफु बाध्य भएर महादान अभियान चलाउनु परेको पनि उनले प्रष्टाए | अहिलेसम्म अभियानको लागि २ करोड ३० लाख भन्दा बढी रकम सहयोग प्राप्त भैसकेको पुनले जानकारी दिए |
पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि ५० करोड उठाउने योजना रहेको बताउदै उक्त रकम उठाउन गाह्रो नरहेको पनि बताए | एक लाख नेपालीले ५ / ५ हजार सहयोग गरे पनि ५० करोड सजिलै उठने उनको तर्क थियो |
राष्ट्रिय आविष्कार केन्द्र निर्माण लागि दिमाग , चल- अचल सम्पति र समय दिएर सहयोग गर्न सकिने पुनले जानकारी दिए | केन्द्र सञ्चालनका लागि १० मेघावाटको हाइड्रोपावर निर्माण गरेर त्यसबाट हुने आम्दानीबाट केन्द्र सञ्चालन गर्ने योजना रहेको पनि बताए |
‘रोमन म्यागासेसे’ , ‘अशोका फेलो’ पुरस्कार विजेता ’ पुनले म्याग्दी र पर्वतका गाउँघरमा ताररहित प्रविधिबाट टेलि–मेडिसिन, इको–टुरिजम सेक्टरमा उदाहरणीय काम गरिसकेका छन् |
कार्यक्रममा नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष खड्क थापा , निबर्तमान महासचिव सुब्बा राना लगायत संघका सक्रिय जुजारु युवाहरु मिलेर सहयोग स्वरुप संकलन गरेको रु तिन लाख र नेपाल मगर संघ दक्षिण कोरियाले संघको तर्फबाट सहयोग स्वरुप प्रदान गरेको रु एक लाख सहित रु चार लाख रुपिया राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तातरण गरिएको थियो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस