सोल – एसिया भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालाई ट्रम्पको संकल्पको परीक्षा नलिन चेतावनी दिएका छन्। उनले अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको थप आणविक र क्षेप्यास्त्र परीक्षण नसहने बताएका छन्।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति ह्वाङ क्यो आनसँगै बोल्दै उपराष्ट्रपति पेन्सले उत्तर कोरियाप्रति ‘सबै विकल्प खुला रहेको’ बताए। साथै उनले आफ्ना मित्र राष्ट्रहरुप्रतिको प्रतिबद्धता पनि दोहो¥याए।
‘गत दुई सातामा मात्रै हाम्रा नयाँ राष्ट्रपतिले सिरिया र अफगानिस्तानमा चालेको कदमबाट उहाँको शक्ति र संकल्पलाई सारा विश्वले देखिसकेको छ,’ पेन्सले भने, ‘राष्ट्रपति ट्रम्पले यस क्षेत्रमा अमेरिका र मित्र राष्ट्रहरुको धैर्य गुम्न लागेको स्पष्ट पारिसक्नु भएको छ, त्यसैले हामी परिवर्तन देख्न चाहन्छौँ।’
पेन्सले उत्तर कोरियाको सीमामा रहेको सैन्य अड्डाको भ्रमण पनि गरेका थिए। यसअघि उत्तर कोरियाले गरेको एक क्षेप्यास्त्र परीक्षण असफल भएको समाचार बाहिर आएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस