काठमाडौं । तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस् । नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ ।
नेपालमा केही दिनयता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका मिस्ड कलबाट हैरानी बेहोर्नु परेको छ । यसरी आउने मिस्ड कलमा कल ब्याक गर्दा प्रयोगकर्ताको ब्यालेन्स सकिने समस्याले मोबाइल प्रयोगकर्ता हैरान बनेका छन् |
धेरैजसो मोबाइल प्रयोगकर्तालाई २१६… नम्बरको मोबाइलबाट कल र मिस्ड कल आउने गरेको पाइएको छ । साथै उक्त नम्बर कहाँको हो भनेर इन्टरनेटमा सर्च गर्दा ट्युनिसियामा रजिस्टर भएको देखाउने गरेको छ ।
‘यो फ्रड कल हो, यस्तो नम्बरमा कल ब्याक गर्दा मोबाइलमा भएको ब्यालेन्स काटिन सक्छ’, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने, ‘यो ‘स्पाम कल’ हो ।’ यस्तो नम्बरमा कलब्याक गर्दा उच्च कल दर भएको स्थानमा कल जाने र ब्यालेन्स रित्तिने निर्देशक खनालले
जानकारी दिए ।आजको गोरखापत्र दैनिकमा खबर छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस