सोल- दक्षिण कोरियामा नेपाली प्रवेश गरेको तीन दशक हुनै लाग्यो । यो अवधिमा सर्यौ कार्यक्रमहरु आयोजना गरिए । सहयोगी र परोपकारी भावनाले प्रेरित भएका त्यस्ता कार्यक्रमहरु कोरियाली कानुनको हिसाबले अवैधानिक थिए भन्ने कुराको जानकारी हालै मात्र थाहा भएको छ ।
सोल सदेमुनस्थित प्रहरी कार्यलयले प्रवासी मजदूर युनियनका अध्यक्ष उदय राईलाई बोलाएर कोरिया सरकारको सम्बन्धित निकायसंग स्वीकृति नलिई नेपाली समुदायले संस्कृतिक कार्यक्रम, चिठ्ठा कार्यक्रम,चन्दा संकलन र राजनीतिक तथा धार्मिक गतिबिधि गरे अन्र्तराष्ट्रिय ऐनका आधारमा कडा कार्वाहि गरिने अवगत गराएको हो ।
गैर कानुनी रुपमा बिभिन्न गतिविधि गरेको उजुर पर्यो भने आयोजकलाई कम्तिमा ३ बर्ष जेल सजांय र कम्तिमा २ करोड वन (करिब २० लाख रुपैयां) जरिवाना हुने अन्र्तराष्ट्रिय अपराध अनुसन्धान ऐन रहेको छ ।
स्वीकृति नलिई कार्यक्रम गर्ने, स्थान उपलब्ध गराउने, टिकट बिक्रि बितरण गर्ने, पोस्टर सौजन्य गर्नेलाई समेत कडा कार्वाहि हुने कोरियन प्रहरीको भनाई उदृत गर्दै अध्यक्ष राईले बताए । उनका अनुसार आर्थिक करोबार गरिएको रकम जफत गर्ने र स्पन्सर दिने कोरियन नागरिकलाई समेत कार्वाहि गरिनेछ ।
कोरियामा ४० हजार नेपाली रहेको अनुमान गरिएको छ । यी मध्ये ईपिएसबाट रोजगारी गर्न गएका कामदारहरु धेरै छन् । उनीहरु मध्ये अधिकांश जातिय, क्षेत्रीय, धार्मिक,राजनीतिक दलसंग आबद्ध हुने गरेका छन् । कोरियामा बिभिन्न उद्धेश्य लिएर खोलिएका १ सय ५० जतिस संस्थाहरु कृयाशील छन् । राष्ट्रियस्तरका हरेका राजनीतिक दलले मुख्य शहरहरुलाई आधार मानेर संगठन बिस्तार गरेका छन् ।
नेपाली कामदारहरुको गतिविधि सरकारले सुक्ष्म रुपमा अध्ययन गरिरहेको कोरियाली अध्यागमन बिभागमा कार्यरत एक नेपाली कर्मचारीले जानकारी दिए ।
ती कर्मचारीका अनुसार केरियामा नेपाली समुदायले धेरै गतिविधि अनुमति नलिई गर्ने गरेका छन् । उनीहरुको सबै गतिविधि कोरियन कानुनका हिसाबले अवैधानिक मनिने गरेको छ ।
सोलको एक राजनीतिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीको पुत्ला दहन गर्ने नेपालीहरु प्रहरीको निगरानीमा रहेका उनले जानकारी दिए । राजनीतिक गतिविधिमा संलग्न भएकै आधारमा केहि महिना अघि एक जना बिद्यार्थीका आफन्तलाई प्रहरीले पक्राउ गरि नेपाल पठाएको थियो ।
प्रहरीले राईलाई किन बोलायो ?
उदय राई प्रवासी मजदूर युनियनका अध्यक्ष हुन् । यूनियनमा १५ देशका मजदूर सदस्य छन् । संस्थाको कोष बढाउन मे १ मा खोल्ने गरि चिठ्ठा कार्यक्रम आयोजना गर्ने तयारी थियो । चिठ्ठा बिक्रिका लागि सोलमा रहेका नेपाली रेस्टुरेन्टमा पुर्याइएको थियो । यसको प्रचारप्रसार पनि ब्यापक भयो । यो बिषयलाई लिएर एक जना नेपालीले प्रहरीललाई उजुर गर्यो ।
प्रहरीले पक्राउ पुर्जि लिएर राईको घरमा खानतलासी गर्न आयो । प्रहरीले तुङदेमुनमा रहेको पशुपति मार्टमा पनि खानतलासी गर्यो र उप्रान्त यस्तो चिठ्ठा टिकट नलिन चेतवनी दियो । राईलाई दोहोर्याएर गैर कानुनी काम नगर्न र आवश्यता परेका बेला फेरि उपस्थित हुने गरि छोडिएको छ । प्रहरीको चेतावनी पश्चात चिठ्ठाको रकम सबैलाई फिर्ता दिइएको युनियनका अधिकारी मधुसुदन ओझाले बताए ।
प्रभाव
कोरियन प्रहरीको यो कदमले बिभिन्न अवसरमा जातिय, क्षेत्रीय, राजनैतीक र सास्कृतिक संघ संस्थाले आयोजना गर्ने कार्यक्रमहरु प्रभावित हुने देखिएको छ । कार्यक्रमका लागि स्वीकृति लिएपछि प्रहरीले सुरक्षा जिम्मा समेत लिनुपर्ने भएकाले पनि सम्बन्धित निकायबाट स्वीकृति पाउन गाह्रो हुने एक मजदूर अधिकारी बताउन्छन् ।
त्यहां रहेका नेपालीहरुले हरेक बर्ष बिभिन्न कार्यक्रम आयोजना गरेर नेपालमा सहयोग पुर्याउदै आएका छन् । उनीहरुले अभियान संचालन गरेरै भूकम्प, आग्लागी, बाढि, पहिरो पीडित र आर्थिक आभावका कारण उपचार नपाएकालाई सहयोग गर्दै आएका छन् । यो कदमले नेपाली कलाकारलाई पनि प्रभाव पार्ने देखिएको छ । कोरियन पर्व सलनाल, छुसक जस्ता कोरियन र दशैं, तिहार जस्ता नेपाली पर्वहरुमा सयौं नेपाली कलाकार आकार्षक पाारिश्रमिक लिएर कोरिया जाने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस