काठमाडौं – मलेसियाले हुन्डी कारोबार रोक्न प्रक्रिया सुरु गरेको छ। गैरकानुनी मानिने हुन्डी कारोबार फस्टाउँदै गएपछि यहाँको केन्द्रीय बैंक ‘बैंक नेगर’ नियन्त्रणका लागि प्रक्रिया अघि बढाएको हो।अवैध रूपमा मलेसियाबाट गरिने पैसासम्बन्धी कारोबार निरुसात्हित गर्न केन्द्रीय बैंक, अधिवक्ता जनरल चेम्बर नेरेट र मलेसिया प्रहरीको सयुक्त टोलीले अवैध मुद्रा कारोबार सञ्चालन गर्ने नेटवर्कमा छापा मारेर कारबाही प्रक्रिया अघि बढाएको हो।
केन्द्रीय बैंक नेगरले जारी गरेको विज्ञप्तिमा अवैध रूपमा रकम कारोबार गरी विदेश निर्यात गर्ने राजधानी क्वालालम्पुर र सेलेङर राज्यका १४ स्थानमा छापा मारेको जनाइएको छ । कारबाहीमा आठजना विदेशी नागरिक पक्राउ परेको नेगराले जनाएको छ।
मलेसियामा रहेका विभिन्न देशका आप्रवासीले वैधानिक च्यानलभन्दा अवैद्यानिक च्यानल हुन्डीमार्फत रकम पठाउन थालेपछि केन्द्रीय बैंकले यस्तो कार्यमा संलग्नमाथि निगरानी बढाएको छ । निगरानीपछि संकास्पद स्थानमा छापा मार्ने र कारबाही गर्ने प्रक्रिया अघि बढेको छ।
नेपालमा मात्रै ६० प्रतिशतभन्दा बढी रकम हुन्डीमार्फत जाने गरेको अनुमान छ । हुन्डीमार्फत ठूलो रकम नेपाल पठाउने गिरोह सक्रिय छ । अवैध कारोबारमा संलग्न व्यक्ति पक्राउ परे १० वर्ष जेल र पाँच लाख रिंगिट जरिबाना तोकिएको छ । मलेसियाबाट नेपालमा अवैध रूपमा पैसा जान थालेपछि त्यसको असर नेपाली अर्थतन्त्रमा समेत पर्न थालेको अर्थविद् बताउँछन्। गैरअवासीय नेपाली संघ एसिया प्यासिफिक सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले हुन्डी कारोबार नियन्त्रण गर्न मलेसियाको केन्द्रीय बैंकसँग छलफल गर्ने बताए।
गभर्नरले हुन्डी कारोबारले नेपालको अर्थतन्त्रमा असर पारेको भन्दै यो कार्य रोक्न मलेसियाको केन्द्रीय बैंकसँग आवश्यक प्रक्रिया थाल्नेसमेत बताएका थिए । सोही कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा।निरन्जनमान सिंह बस्न्यातले मलेसियाबाट १० देखि १५ प्रतिशत रकम मात्र वैधानिक रूपमा रेमिटेन्समार्फत नेपाल जाने र अन्य सबै रकम हुन्डीमार्फत जाने गरेको बताए।
हुन्डी कारोबारमा संलग्नलाई मलेसिया प्रहरीको टोलीले पक्राउ गरे पनि पक्राउ परेकामा नेपाली रहे नरहेको खुल्न सकेको छैन । हुन्डी कारोबार गर्नेले होस्टेल एजेन्ट राख्ने र रेमिटभन्दा बढी दर भाउ दिने भएकाले पनि नेपाली श्रमिक यसतर्फ आकर्षित भएका हुन्। आजको अन्नपुर्ण दैनिकमा खबर छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस