काठमाडौँ-दक्षिण कोरिया सरकारले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ ।
विश्वव्यापी रुपमा जलवायु परिवर्तन भइरहेको र हरित ऊर्जामा ध्यान दिनुपर्ने अवस्था सिर्जना भइरहेको सन्दर्भमा दक्षिण कोरियाले नेपाललाई सहयोग गर्ने वचन दिएको छ ।
ऊर्जामन्त्री जनार्दन शर्मासँग दक्षिण कोरियाका विद्युत् तथा व्यापार उपमन्त्री हान जीनह्युनले गरेको भेटवार्तामा नेपालको जलविद्युत् क्षेत्रमा कोरियाले लगानी गर्ने वचन दिए ।
विकासको चरम सीमामा पुगेको दक्षिण कोरियाले हरित ऊर्जामा ध्यान दिनुपर्ने भन्ने अन्तर्राष्ट्रिय मान्यतालाई सहयोग गर्नसमेत नेपाल लगानीका लागि उपयुक्तस्थल भएको भन्दै कोरियाली उपमन्त्रीले उपयुक्त आयोजनाको पहिचान गरी जानकारी गराउन आफूलाई आग्रह गरेको मन्त्री शर्माले जानकारी दिए ।
“नेपालसँग सहकार्यका हात अगाडि बढाउन कोरिया सरकार तयार रहेको मैले थाहा पाएँ, उनीहरुले नेपाललाई सहयोग गर्ने विभिन्न मुलुकमध्ये उच्चकोटीमा राखेर हेरेका छन्, नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उनीहरु इच्छुक छन्”– मन्त्री शर्माले भने ।
दक्षिण कोरिया सरकारले सरकारी तवरबाटै वा निजी क्षेत्रलाई समेत लगानीका लागि प्रेरित गर्ने जानकारी उपमन्त्रीले मन्त्री शर्मालाई गराएका थिए । सार्वजनिक निजी साझेदारीको अवधारणामा पनि काम गर्न सकिने तथा निजी लगानीलाई पनि नेपालमा प्रोत्साहित गर्न सकिने भन्दै सरकारले त्यसको वातावरण बनाएको भन्दै मन्त्री शर्माले लगानीको सुरक्षा र प्रतिफलका विषयमा समेत निश्चित भएर आउन आफूले आग्रह गरेको उल्लेख गरे ।
यस्तै, दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका)का तर्फबाट समेत लगानी गर्न सकिने तथा निजी लगानीकर्तालाई समेत स्वागत गरिने मन्त्री शर्माले कोरियाली उपमन्त्री र कोइकाका प्रतिनिधिलाई जानकारी गराएका थिए ।
राससका अनुसार मन्त्री शर्मासँगको भेटमा कोरियाली उच्च सरकारी अधिकारीले नेपाली कामदार इमान्दार र मेहनती भएको भन्दै नेपालीको पेसागत सुरक्षा एवम् अन्य सेवा तथा सुविधाका सम्बन्धमा आफूहरुकातर्फबाट इमान्दार प्रयास गर्ने वचन दिएको उल्लेख गरे ।
दक्षिण कोरियामा रोजगार अनुमति प्रणालीमार्फत ३५ हजार नेपाली युवालाई रोजगारी प्रदान गरेको छ । यस्तै, यसैवर्ष थप १० हजार नेपाली युवालाई रोजगारी प्रदान गर्ने जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस