काठमाडौं- कास्की सिद्ध–७ का नारायण बहादुर अधिकारी प्रहरीले साउदी अरबबाट पक्राउ गरेको छ ।
सितादेवी थापा सुयल समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी अधिकारीलाई कर्तव्यज्यान मुद्धामा कास्की जिल्ला अदालतको २०५७ बैशाख १९ गतेको फैसलाले सर्वश्व सहित जन्म कैदको सजाय हुने गरी फैसला भएको थियो ।
नेपाली सेनामा कार्यरत अधिकारी र वैदेशिक रोजगारको लागि साउदी अरबमा गएका जिवनबहादुर अधिकारी एकै ब्यक्ति भएको तथ्यको आधारमा कास्की जिल्ला अदालतबाट २०७३ जेठ १६ गते जारी भएको पक्राउ पूर्जि अनुसार निजलाई साउदी अरबबाट पक्राउ गरी २०७३ माघ २९ गते नेपाल ल्याईएको हो ।
अधिकारीले २०५५ कार्तिक ११ गते जिल्ला कास्की सिद्ध –७ बस्ने शिबराज थापा सुयललाई खुर्पा प्रहार गरी हत्या गरेका थिए ।
सोही घटनाका सम्बन्धमा सेनाको हिरासतमा रहेका बखत २०५६फागुन २७ गते भागी फरार भएका प्रतिबादी नारायण अधिकारीले आफ्नो नाम परिवर्तन गरी जिवनबहादुर अधिकारीको नाममा वैदेशिक रोजगारीको लागि साउदी अरब गएको जानकारीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको पहलमा २०७३ जेठ २४ गते निजको नामको रेड कर्नर नोटीस जारी भएकोमा साउदी अरब प्रहरीको सहयोगमा सोही मुलुकबाट प्रहरीले पक्राउ गरेको थियो ।
निजलाई फागुन १ गते काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस