काठमाडौं – नेशनल ज्योग्राफिकले असाधारण व्यक्तिलाई प्रदान गर्ने ‘वर्षकै साहसी’ अवार्डको बाजी यसपटक नेपाली चेली मीरा राईले मारेकी छिन् ।
असाधारण १० सहासी महिलासँगै मनोनित भएकी राइले सर्वाधिक भोट प्राप्त गरी उक्त उपाधि (एड्भेन्चर अफ द इयर) आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् ।
भोजपुरमा जन्मिएकी उनले एक महिलाका लागि नेपाली समाजले तोक्ने मूल्य मान्यताभन्दा फरक गर्ने सोचिन् । यहि सोचाइले आज उनलाई अन्तर्राष्ट्रिय उपाधि प्राप्त गर्न सहयोग गरेको उनले बताइन् ।१४ वर्षको उमेरमा माओवादीमा प्रवेश गरेकी उनी शान्ति प्रक्रिया पछि भएको सेना समायोजनमा अयोग्य ठहरिएकी थिइन् ।
अरुलाई सशक्त बनाउने आफ्नो अभियान भर्खरै सुरु भएको मीरा बताउँछिन् । ‘प्रतिस्पर्धी खेलाडीका लागि नेपालमा अथाह क्षमता छ यसका लागि काठमाडौंमा अल्ट्रा म्याराथन रेसको आयोजना हुन लागेको छ,’ मीराले बताइन् ।
‘मैले आफूले सोचेको जस्तो गर्न सकें किनभने सबैले मलाई विश्वास गर्नुभयो र साथ दिनुभयो। त्यसकारण म यी सबै कुरा नया आउने पीढिका लागि हस्तान्तरण गर्न चाहन्छु जसरी मैले अरुबाट पाएँ ।’ राइले भनिन् । नेपालमा हाम्रो निकै चर्चित भनाई छ, ‘खान पुगोस् दिन पुगोस् ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस