काठमाडौं-नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक बनेको छ | ट्रान्सपरेन्सी इन्टरनेशनलले बुधबार सार्वजनिक गरेको सूचकांकमा नेपाल २९ अंक पाएर १३१ औं स्थानमा छ । यो अध्ययनमा १७६ देशलाई समावेश गरिएको थियो । गत वर्ष १६८ देशलाई समावेश गरिएको सूचकांकमा नेपाल २७ अंकसहित १३० औं स्थानमा थियो ।
नेपालले यो वर्ष पाएको अघिल्लो वर्षको अंक २ बढी हुनुले भ्रष्टचारको अवधारणामा सामान्य सुधार आएको हो कि भन्ने देखिएको छ । तर, नेपालले पाएको अंकमा भएको थोरै फेरबदलले भ्रष्टाचारमा कमी आएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।ज्यादा भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा पर्ने नेपालको स्थिति अघिल्लो वर्षको तुलनामा केही सुध्रिएको छ । तर, नेपालको स्थान भने सूचीमा एक अंकले पछाडि परेको छ ।
दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुक बनेको छ । ६५ अंकसहित भुटान भ्रष्टाचार अवधारणा सूचकांकको २७ औं स्थानमा छ । भारत ४० अंकसहित ७९ औ, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् । पाकिस्तान नेपाल भन्दा अगाडि छ, ३२ अंक पाएको पाकिस्तान ११६ औं स्थानमा छ ।
सीपीआई मापन गरिने अन्य सूचकांकमा खासै ठूलो फेरबदल नदेखिए पनि ‘व्यापार व्यवसायमा हुने भ्रष्टाचारको प्रभाव’को अंकमा नेपालले छवि विगारेको छ । प्रत्यक्ष सर्वेक्षणमा संलग्न नहुने ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको सर्वेक्षणका आधारमा भ्रष्टाचार अवधारणा सूचकांक(सीपीआई) तयार गर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस