काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले संगठित अपराध नियन्त्रणको लागि एसियाका देशहरुबीच सामूहिक सहकार्य आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा बुधबारदेखि सुरु अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को २३ औं एसियन रिजनल कन्फरेन्सको उद्घाटनपछि उनले उक्त कुरा भनेका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘कुनै पनि एक देशले मात्र चाहेर संगठित अपराध नियन्त्रण हुँदैन । यस्तो सीमा बाहिर फैलिएको अपराध नियन्त्रण गर्न सामूहिक सहकार्य चाहिन्छ ।’ क्षेत्रीय सहकार्य जरुरी रहेकोमा जोड दिँदै उनले कानुन र विधिको पालना गराउनु दक्षिण एसियाको साझा समस्या रहेको बताए ।
‘सुरक्षा अवस्थामा नयाँ चुनौती र खतरा बढिरहेका छन्’ प्रधानमन्त्री दाहालले भने, ‘देश बाहिर बसेर सामाजिक सञ्जालमार्फत अफवाह र घृणा फैलाउने काम भइरहेको छ । यो आधुनिक प्रविधिको दुरुपयोग हो ।’
कार्यक्रममा नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले विज्ञान प्रविधिले अपराधको शैली र तरिका फेरिएको भन्दै यसको नियन्त्रण चुनौतीपूर्ण रहेको बताए । उनले इन्टरपोलजस्ता संगठित प्रयासले मात्र यी समस्या समाधान गर्न सहयोग पुर्याउने बताए ।
इन्टरपोलका महासचिव जुरगेन स्टकले आतंकवाद दक्षिण एसियाको साझा समस्या भन्दै यसविरुद्ध लड्न संगठित सहकार्य चाहिने बताए । ‘भर्चुअल प्रोपगाण्डा पनि अहिलेको विश्वको समस्या हो’ उनले भने, ‘आतंकवादीहरुले नै सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् । यससँग लड्न विश्वव्यापी रुपमा सूचना आदानप्रदान र सहकार्य गर्नुपर्छ । डिजिटल अनसन्धान अहिलेको चुनौती हो ।’
सम्मेलनमा आईजीपी अर्यालले मानव तस्करको चुनौती र अवस्थाबारे नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । तीन दिनसम्म चल्ने सम्मेलनमा ५० भन्दा बढी देशका प्रहरी प्रतिनिधि सहभागी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस