शिर्षक – जहाँ हरएक हर चिज बिकेको छ l
मान्छौ दुध, न दुध न महि, जसको नौनी झिकेको छ,
खोजौ सत्य कहाँ ? जहाँ विद्वत बिबेकसम्म बिकेको छ l
अत्याचार , परपिडन , हिंसा , असत्य र भ्रष्टाचार ,
चियोचर्चो , कुसंस्कार , षड्यन्त्र, बच्चै देखि सिकेको छ l
बक्छ काग आफ्नै नाम, कुसस्कारी घरिघरि,
अपराधलाई प्रोजेक्ट ठानी, चार पैसामै बिकेको छ l
जस्तो परिवेश उस्तै चलन शिरदेखि पाऊसम्म ,
अन्धाधुन्ध पृष्ठपोषण , कामचलाउ बिधि टिकेको छ l
असत्यकै बोलवाला एक देखि सयौ सम्म,
ग्रहण लाग्दा झुठनै झुठको अन्धकारै देखेको छ l
षड्यन्त्र आन्दोलनको, मानवतालाई जलाउन,
असत्यको रयापिंगभित्र पाप र स्वार्थ लुकेको छ l
भन्छौ दुध मथेकालाई, जसको नौनी झिकेको छ,
ढाक्न खोज्दा असत्यले हरएक हरचिज बिकेको छ l
असत्यकै बोलवाला एक देखि सयौ सम्म,
ढाक्न खोज्दा असत्यले हरएक हरचिज बिकेको छ l
-धन धोज मल्ल ठकुरी,धनकुटा l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस