सोल- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले आइतबार आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै बृहत् मुक्तक मेला सम्पन्न गरेको छ ।
आदिकविको २०४ औं जन्मजयन्तीको अवसर पारेर च्याप्टरले बृहत मुक्तक मेला तथा विविध रचना वाचन गरेको हो |
तोङ्देमुनस्थित शुभेच्छा रेस्टुरेन्टकोमा सप्पन्न मुक्तक मेलामा कोरियामा कार्यरत रही मुक्तकमा कलम चलाइरहेका प्रमुख ८ मुक्तककारहरूले प्रस्तुति रहेको थियो ।
प्रमोद सारङ्ग, नारायण भुसाल, गङ्गा बस्नेत, दिपेन्द्र भट्टराई, समीर यात्री, महेन्द्र केसी, रेशम अधिकारी र पूर्वेली गाउँले लगायतका मुक्तककारहरूले देश, राजनीति, प्रवास र प्रणय मिश्रित बिषयलाई मुक्तकमा समावेश गरेका थिए |
भानुको स्मरण गर्दै कवि विनोद परिवर्तितले रामायणको बालकाण्ड अन्तर्गतका उत्कृष्ट श्लोकहरू सुनाइरहँदा दर्शकदीर्घामा मौनता छाइरह्यो । त्यस लगत्तै स्रस्टाहरू यल्जी विवश, मोहन कार्की, सरोज सर्वहारा, भोजराज जैशी, जनक सन्याल, गोपिकृष्ण लामिछाने, माधव पाण्डे, रामचन्द्र शर्मा, शंकर वि क सङ्गम, डि.कर्ण मल्ल लगायतले गजल र कविता वाचन गर्दा माहौल थप रोमाञ्चक बन्यो ।
उक्त अवसरमा कोरियामा रही विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरू सन्दिप पाण्डे, कृष्ण बस्याल र विकाश श्रेष्ठलाई सम्मान गरिएको थियो भने च्याप्टरका नयाँ सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
च्याप्टरले यसअघि उत्कृष्ट कवि तथा चर्चित गजलकारहरूको साथमा कविता वाचन तथा गजल मुशायरा सन्चालन गरिसकेको छ भने हालै मात्र विश्व नेपाली काव्य गोष्ठी तथा अनेसासको एसिया सम्मेलन सम्पन्न गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस